विजयनगरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न ।।

विजयनगरमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न

कपिलवस्तु,
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ७ झुलानियामा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा विजयनगर वडा नं. ७ का अध्यक्ष रामसमारे धोबीको अध्यक्षतामा तथा राष्ट्रिय जनमोर्चा कपिलवस्तुका जिल्ला सचिव केशर सिंह अदैको उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा अदैले जेएनजी आन्दोलन, तत्कालीन राजनीतिक परिस्थिति तथा राष्ट्रिय जनमोर्चाको नीति तथा कार्यक्रमका बारेमा विस्तृत प्रकाश पार्नुभएको थियो । उहाँले “राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने नारा नै अहिलेको राजनीतिक निकास भएको बताउनुभयो ।
उहाँले चाडपर्वलाई खर्चिलो र भड्किलो तरिकाले नमनाउन आग्रह गर्दै विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य त्रिवेणी कुर्मी, राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाका अध्यक्ष गोविन्द परियार तथा सदस्य सूर्यबहादुर जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य नागराज योगीले गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर