१९ मंसिर २०७६, बिहीबार ०४:२३   616 पटक हेरिएको
image

संगीतकार अनु मलिक टेलिभिजनको लोकप्रिय रियालीटी शो ‘इन्डियन आइडल’को सिजन ११ मा नफर्कने खबर सार्वजनिक भएसँगै शोमा हिमेश रेशमियाको ‘इन्ट्रि’ भएको छ ।यसअघि अनु मलिकले शोबाट आफूले तीन हप्ताको ब्रेक लिएको बताएका थिए ।

बिहीबार गायिका सोना महापात्राले महिला तथा बालबालिका विकास मन्त्री स्मृति ईरानीलाई खुल्ला पत्र लेखेर अनु मलिकको यौन शोषणको विषयमा आवाज उठाउन आग्रह गरेकी थिइन् । त्यसपछि राष्ट्रिय महिला आयोगले उक्त विषयमा चासो देखाएको थियो । आयोगले सोनी टेलिभिजनसँग स्पष्टिकरण मागेको थियो ।

आयोगले सोनी इन्टरटेनमेन्ट टेलिभिजनका अध्यक्ष रोहित गुप्तालाई सूचना जारी गर्दै मलिकलाई शोबाट निकाल्न आग्रह गरेको थियो ।दैनिक भास्करमा यसअघि नै  अब अनु मलिक उक्त शोमा नफर्किने बताइएको थियो । सोनी टेलिभिजनले अनु मलिक शोमा नफर्किने जानकारी दिएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट