१९ मंसिर २०७६, बिहीबार ०८:०१   1763 पटक हेरिएको
image

गढीमाई मेलाबाट आईरहेको ट्राक्टरले एक महिलालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको छ । आज (विहिबार) धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझको विश्वकर्मा चोक स्थित विहान करिब ६ः३० बजेको समयमा ठक्कर दिँदा घटनास्थलमै मृत्यू भएको हो । बाराको गढीमाई मेलाबाट श्रद्धालु बोकेर आईरहेको ज १ त ५८८६ नम्बरको ट्रयाक्टरले मर्निंग वाकमा निस्केकी ती महिलालाई ठक्कर दिएको प्रत्यदर्शीहरुले जनाएको छ । नक्टाझिझको विश्वकर्माचोकदेखि करिब १ किलोमिटर दक्षिण (महेन्द्रनगरतर्फ) रहेको हिमालय मुरही मिल नजिक ठक्कर दिँदा महोत्तरी जिल्लाको बलवा सरपल्लो बस्ने अन्दाजी बर्ष ३५ की सँगीता देवी बडहीको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ठक्करपछि घटनास्थलमै मृत्यू भएपछि ट्रयाक्टर चालक सबै यात्रुलाई टयाक्टरमै छाडेर फरार भएका छन् । अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली पुगेर मुचुल्का उठाउने कार्य गरिरहेको छ । यता, टयाक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने चालकको खोजी सुरु गरिएको जनाइएको छ । बुधबार विहान पनि गढीमाई मेलाबाट फर्कदै गरेको यात्रुवाहक पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यू भएको थियो भने १४ जना घाईते भएका थिए ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट