२९ बैशाख २०७७, सोमबार ०८:०४   514 पटक हेरिएको
image

विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड-१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो संक्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।

वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ संक्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस संक्रमित रुपमा गत डिसेम्बरमा वुहानमा बिरामीहरू भेटिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार संक्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् ।

आयोगले सुलान शहरमा बुधबार संक्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा संक्रमण फैलिएको जनाएको छ । संक्रमित सबैमा कोरोना भाइरस संक्रमण कुनै लक्षण नदेखिएको आयोगले बताएको छ । चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना संक्रमित भएका छन् । तीमध्ये ४ हजार ६३३ जनाको ज्यान गएका छन् , भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन् । चीनमा छिटपुट घटनाबाहेक संक्रमितको संख्यामा नियन्त्रण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट