
१० भदौ, काठमाडौं । समाजसेवी, भ्रष्टाचार विरोधी अभियनता एवं हिन्दुवादी युवा नेता विकाश ठाकुरमाथी प्रदेश नं २ को एक मन्त्रीको निर्देशनमा भएको संघातिक हमला एवं घटनाको कडा विरोध गर्दै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” भन्छन् :- प्रदेश नं. २ का दुई नम्बरी सरकार (कमिसनखोर – भ्रष्ट – निकम्मा सरकार) अब गुण्डागर्दी र माफियाराज कायम गर्न अभ्यस्त/तल्लीन/क्रियाशील देखिन्छ, मधेश जन-विद्रोहको उपलब्धि मधेशमा देखिदैछ भने माओवादी स-शस्त्र आन्दोलनको उपलब्धि पुरै देशमा देखिदैछ ! जसको दुस्प्रभाव देश र आम नेपाली जनतालाई भोग्न बाध्य पारिएको छ । उक्त अमानवीय एवं गैर-राजनीतिक कु-कृत्यको तत्काल सुक्ष्म अनुसंधान एवं छानवीन गरि दोषी उपर कडा भन्दा कडा कार्यवाहीका लागि “जनता समाजवादी पार्टी, प्रदेश नं २ सरकार, संघीय सरकार एवं सुरक्षा निकाय सँग” हामी जोडदार माँग गर्दछौं ।
तपाईको प्रतिक्रिया