१२ भाद्र २०७७, शुक्रबार १०:००   347 पटक हेरिएको
image

११ भदौ, काठमाडौं । हामीले पटकपटक भन्दै आएका छौं केवल शासनसत्ताको नाम र देशको संरचनामा परिवर्तन गरेर मात्र आम जनताको जिवनमा केही परिवर्तन आउने छैन । र परिवर्तन भएको पनि छैन । देशमा संघीयता आए संगै धेरै गाविसलाई नगरपालिका बनाइयो तर नगरवासिलाइ नगरपालिकाले के सुख-सुबिधा दिएको छ त? केही पनि हैन । एउटा पनि राम्रो काम गरेको छैन । बिकासको नाममा भ्रष्टाचार गरि केवल ब्यक्तिगत बिकास गरेका छन । आज कोरोना महामारीले नेपालको तराई मधेस सब भन्दा बढी प्रभावित बनेको छ । कारण जे सुकै भएपनी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार आजसम्म कोरोना नियन्त्रण गर्न पुरै असफल र असक्षम देखिएका छन । आम जनताले आफ्नो अमुल्य जीवन गुमाइरहेका छन र महाशक्तिशाली सरकारहरु कोरोनाको नियन्त्रण र ब्यबस्थापनको नाममा भ्रष्टाचार गरि रमाइरहेका छन । हिजो मात्र महोत्तरीमा हाम्रो मनरासिसवा नगरपालिका वार्ड ४  एक होनहार युवको श्री कमलेश सहनिको मृत्यु पनि भएको खबरले अझ दुखी र चिन्तित बनाएको छ । समुदाय स्तरमै फैलिएको कोरोनालाइ नियन्त्रण गर्न नगरप्रमुखले के-कस्ता उपायहरु अवलम्बन गरेका छन त ? नगरपालिकामा भएको स्वास्थय र उपस्वास्थ्य चौकीको अवस्था कस्तो छ ? के अहिलेपनी एक घर एक पिसिआर टेस्टको आवश्यकता नगरप्रमुखले महसुस गरेको छैन त ? राहतको नाममा तिनचार महिना अगाडी २०/२५ किलो चामल,२ किलो दाल र मास्क बितरन गर्दै मेयरको जिम्मेवारी पूरा भएको छ त ? होइन भन्ने कोरोना नियन्त्रणको लागि प्रती घरमा एकजनालाई अनिवार्य पिसिआर टेस्ट, समय-समयमा नगरवासिलाइ राहत स्वरुप अति आवश्यक खाद्यान्न सामग्री प्रदान गरि स्वास्थय तथा उपस्वास्थ्य केन्द्रहरुमा डाक्टर र अति आवश्यक औषधिहरुको तत्काल ब्यबस्था गर्दै आम जनतालाई कोरोना महामारीबाट सजग र सचेत बनाउदै जनताले बिश्वास गरेका असल र सफल मेयर तथा नगरपालिकाको परिचय कायम गर । अहिले पनि समय छ जनहितमा काम गरि नाम गर । यस्तै चाला रहे सत्ताको यो अन्तिम यात्रा हुने पक्का देखिन्छ । प्रवृत्ति परिवर्तन नभए प्रत्युत्पादक हुने निश्चित छ । जनतालाई भेंडा ठान्नेहरु हो तिम्रो आफ्नै मनोवृत्तिले तिम्रो राजनीतिक अवसान छर्पष्टै देखिन्छ ।

समय मै चेतना भया !!

 

दिपक कुमार सिंह

(भाष्कर मुक्ति)

केन्द्रिय सदस्य

जनतान्त्रिक तराई मुक्ति मोर्चा

राष्ट्रिय जनतान्त्रिक गठबन्धन

#राष्ट्रबचाउअभियान

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट