१३ भाद्र २०७७, शनिबार १९:४८   389 पटक हेरिएको
image

१३ भदौ, काठमाडौं । आफ्नो तथ्यपरक आक्रमक भाषण र लेखाई एवं क्रान्तिकारी विचारले प्रख्यात, राज-संस्था, सनातन हिन्दु राष्ट्र र बैज्ञानिक संघीय शासन ब्यवस्था सहितको विविध माँगहरु राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सहित संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष, राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) आन्दोलन र देशमा ब्याप्त बेथितिहरुको सफल ब्यवस्थापनको सिलसिलामा समाजका विभिन्न वर्ग, समूह, पेशा, व्यवसाय, तह-तपका ब्यक्ति एवं ब्याक्तित्वहरुसँग निरन्तर सम्पर्क, छलफल, संवादमा हुनुहुन्छ । त्यसैक्रममा वहाँले पत्रकारिता क्षेत्रमा लामो समय देखि क्रियाशील, वरिष्ठ पत्रकार एवं संपादकहरु सँग पनि छलफल गरेको बुझिएको छ, जहाँ पत्रकार र संचार जगतलाई नानाथरी गाली, आरोपहरु लगाउने प्रवृत्ति मौलाउदै गईरहेको छ त्यहीँ डा. मुक्तिले सम्पूर्ण संचार-जगत एवं संचारकर्मीहरुको सम्मानमा र हौसला बढाउदै आफ्नो सामाजिक संजालमा यसो लेख्दै केही तस्बिरहरु सार्वजनिक गरेका छन, जुन वहाँको संचारकर्मी एवं संचार-माध्यम प्रतिको भावना, विचार, सम्मान, इज्जत स्पष्टै बुझन सकिन्छ, धन्यवाद छ डा. मुक्तिलाई ।
डा. मनोज मुक्तिको भनाई उनकै शब्दमा उनकै सामाजिक संजालबाट (फोटो सहित) :-
एक दिन, “कलमविरहरुको साथमा”, “कलमका महारथीहरुको साथमा”, “बन्दुकलाई कलमले चुप लगाउन समेत सक्षम महा-पुरुषहरुको साथमा”, “यो तनाव-युक्त जीवनलाई तनाव-मुक्त बनाउन एवं शब्द र कलमको तालमेलमा खप्पिस ब्याक्तित्वहरुको साथमा”, “भावनाको सागरमा डुब्की लगाई, देश – समाज – जनताको वास्तविकतालाई कलमको माध्यमले शब्दहरुलाई सिंगार्दै देश र दुनियाँलाई ऐना देखाउन सक्षम महा-पुरुषहरुको साथमा”, “विषयहरु धेरै थिए, समय पनि प्रयाप्त नै थियो तर जब विषयहरुले भावनात्मक रुप लियो सुक्ष्म चिरफार हुनथाल्यो, विषयहरुको सल्यक्रिया गर्दै जाँदा समय छोट्टिन पुग्यो समयको अभाव हुनपुग्यो”, गफगाप, रमाइलो र अनुभव आदानप्रदान गर्दागर्दै भावुक भयौं, देश र जनताको बेहाल र बेथितिले अन्तर-आत्मा पिरोलिएको अनुभुती भयो, चिन्तनको उत्कर्षमा चिन्तित भयौं !! धर्मो रक्षती रक्षित: ।। संवाद – सहकार्यको निरन्तरता ……………………………! #राष्ट्रबचाउअभियान

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट