धनुषा — धनुषामा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ ।धनुषाधाम नगरपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा छिमेकी २० वर्षीय जिबछ रामलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।
पीडित किशोरीको परिवारले प्रहरीलाई मंगलबार बलात्कारबारे जानकारी गराएपछि आरोपितलाई तत्कालै पक्राउ गरी अनुसन्धान थालेको ठाकुरले बताए ।शुक्रबार साँझ घर पछाडी शौच गर्न गएकी ती किशोरीलाई छिमेकी युवकले बलात्कार गरेका पीडित परिवारले जनाएको छ । पीडित किशोरीले अभिभावकलाई जानकारी गराएपछि प्रहरी कार्यालयमा मंगलबार मात्रै उजुरी आएको प्रहरी निरीक्षक ठाकुरले बताए ।
तपाईको प्रतिक्रिया