५ कार्तिक २०७७, बुधबार ०१:४७   183 पटक हेरिएको
image

काठमाडौं : आदरणीय मुक्ति कामी जनसमुदाय ; देशमा बिध्यमान अराजकता र बेथितिहरुलाई जरैदेखि निम्ट्यान पार्न तथा “देश जोगाउने कि यो भ्रष्ट अराजक ब्यवस्था ?” भन्ने गम्भीर प्रश्न र असहज अवस्थाको निकासका लागि “राज-संस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” का निमित्त “राष्ट्रिय नागरिक आन्दोलनको” तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ-गाउँ टोल-टोलमा जनतान्त्रिक, आत्म-समिक्षाको साथ भुल-सुधारका लागि घर-घरमा जनतान्त्रिक” लाई सफल पार्न र जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा मोर्चालाई व्यापक जन-समर्थन प्राप्त भईरहेको प्रती हामी आभारी छौं, जन-समर्थन र आम-जागरुकतालाई सूक्ष्म विश्लेषण गर्दा लाग्दैछ कि अब त्यो दिन टाढा छैन, निकट भविष्य मै हामी हाम्रो लक्ष्य प्राप्त गर्ने छौँ । उपरोक्त महान उद्देश्य एवं लक्ष्यमा हातेमालो गर्दै “मुक्ति पथमा” पूर्ण निष्ठा एवं ईमानदारीका साथ निरन्तर अगाडि बढ्ने वचनवद्धता गर्दै मोर्चाको नीति, नियम-निर्देशन, विधान अनुसार सक्रिय राजनीतिमा आफनो अमुल्य जीवन समर्पित गर्ने बचनवद्धता व्यक्त गर्दै आज मिति २०७७/०७/०४ गते मंगलका दिन तपसिलका सह-योद्धाहरु मोर्चामा प्रवेश गरेको र वहाँहरुलाई तपसिल बमोजिमको जिम्मेवारी दिईएको सहर्ष जानकारी गराउँद छौँ । १) जिल्ला महोत्तरी, वलवा नगरपालिका -११ निवासी श्री भागीरथ झा ज्युको सुपुत्र कर्मठ, कर्मयोगी क्रान्तिकारी युवा श्री बिकास कुमार झा ज्युलाई “जनतान्त्रिक युवा संघ” को केन्द्रिय सदस्यमा मनोनीत गरिएको छ । २) मोर्चाका मिर्चौया नगरपालिका जनपरिचालन समिती संयोजक तथा जिल्ला जनपरिचालन समिती सदस्य श्री मुन्ना यादवको अध्यक्षतामा बसेको बैठकले श्री अभिनास साह, मो. नसिम, रोहित साह, निशान्त दत्त, सुनिल कुमार साह, संतोष कुमार साह, अनिल रायमाझी, सुरेन्द्र कुमार महतो, सुरेश यादव, सुरज साह, रुपेश यादव को नेतृत्वमा मिर्चैया नपाको हरेक वाडमा २१-२१ सदस्य जनपरिचालन समिति गठन गरेको छ । सम्पूर्ण क्रान्तिकारी सह-योद्धाहरुलाई “मुक्ति परिवारमा” हार्दिक स्वागत, अभिवादन, अभिनन्दन, बधाई एवं लक्ष्य प्राप्तिको कामनाको साथै शुभकामनाका छ । जय क्रान्ति !! जय जनता जय जनतन्त्र !! मुक्ति अभिवादन सहित !! डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) राष्ट्रिय अध्यक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय संयोजक राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान जारी मिति :- २०७७/०७/०४ गते मंगलवार

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट