५ कार्तिक २०७७, बुधबार ०४:४७   350 पटक हेरिएको
image

५ कात्तिक, काठमाडौं ।प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसियसन (बलात्कारी संगठन) नामक पेज तथा ग्रुप बनाउने अर्का एक जनालाई पनि पक्राउ गरेको छ ।

केही दिन अघि नवलपरासीबाट एक जना पक्राउ गरेको साइबर ब्यूरोले मंगलबार पाल्पाबाट अर्को एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा माथागढी १ पाल्पाका अभिषेक नेपाल रहेको ब्यूरोले जनाएको छ । रेपर एसोसियसनको नाममा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट र कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

ब्यूरोले गत शुक्रबार प्युठान झिम्रुक गाउँपालिका ७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट