
रौतहट । रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहले सुपारी दिएर निरञ्जनको हत्या गराएको पीडित परिवारको दावी छ । गत साउन ३१ गते राति गाउँभन्दा केही पर दलित समुदायका २० वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटी हत्या भएको थियो ।
प्रहरीको चरम यातनाका कारण महराको मृत्यु भएको भन्दै आफन्तले लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । लगत्तै गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले रौतहटका तत्कालीन एसपी रविराज खड्का र गरुडाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो भने प्रहरी निरीक्षक नविनकुमार सिंह, सई विरेन्द्र यादव सहित ८ जना निलम्बनमा परेका थिए ।
तपाईको प्रतिक्रिया