९ कार्तिक २०७७, आईतवार १५:१८   380 पटक हेरिएको
image

काठमाडौं । जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज विजय-दशमीको शुभकामना संदेश जारी गर्दै ब्यवस्था र ब्यवस्थापकिय प्रवृत्ति माथि कडा टिप्पणी गर्नु भएको छ ।

यो ब्यवस्था र ब्यवस्थापकिय प्रवृत्तिको कडा आलोचक डाक्टर मनोज मुक्ति एकदमै आक्रमक रुपमा प्रस्तुत हुँदै आउनुभएको छ । राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको प्रमुख माग राखी चरणबद्ध आन्दोलनमा रहेको मोर्चा छठ लग्दै “राष्ट्रिय नागरिक आन्दोलन – २०७७” को अन्तिम तैयारीमा रहेका बुझिएको छ, मोर्चाले सांगठनिक गतिविधिलाई पनि अत्यन्तै तिब्र बनाएको देखिन्छ, दशैको बेलापनी सांगठनिक गतिविधि तिब्र बनाएको मोर्चाको शुभकामना संदेशमा भनिएको छ ;
आदरणीय ॐकार परिवार एवं आम मुक्ति कामी जनसमुदाय,

सम्पूर्ण मानव-जाति एवं चराचर जगत माथि माँ दुर्गा भवानीको कृपा दृष्टि बनिरहोस 💐

जगत-जननी माँ शेरावाली दुर्गा देवीले मेरो मातृभूमि नेपाल र आम मुक्ति कामी नेपाली जनतालाई देशमा ब्याप्त सबैखाले आसुरी शक्ति एवं भष्मासुर प्रवृत्तिबाट मुक्ति दिलाओस 💐

माँ दुर्गा भवानीले सबैलाई दीर्घायू, सु-स्वास्थ एवं उत्तरोत्तर प्रगति प्रदान गर्नुको साथ-साथै सदबुद्धि, भाइचारा, सौहार्दता, वैदिक सनातनी जीवनशैली, संस्कार एवं मनोवृत्ति प्रदान गरोस् 💐

पाप-नाशनी शुम्भ-निशुम्भ मर्दनी माँ चामुण्डा देवीले आम नेपालीलाई “कोरोना रुपि संवैधानिक विकेन्द्रीकृत भ्रष्ट लूटतान्त्रिक GUNतन्त्र नश्लीय कृश्चियन राष्ट्र नेपाल” लाई पुनः “संवैधानिक राज-संस्था सहित धार्मिक स्वतन्त्रता सहितको धर्म-सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुन:स्थापाना” गर्ने शक्ति प्रदान गरोस् 💐

दुर्गा पुजा / नवरात्रा / विजय दशमीको हार्दिक मंगलमय शुभकामना” 💐

ॐ नमो भगवते दुर्गा देवै नम: ।।

ॐ दुं दुर्गे नम: ।।

ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ॥ ॐ ग्लौं हुं क्लीं जूं सः ज्वालय ज्वालय ज्वल ज्वल प्रज्वल प्रज्वल ।। ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ज्वल हं सं लं क्षं फट् स्वाहा ॥

धर्मो रक्षती रक्षित: ।।
जारी मिति :- ०९/०७/२०७७, आइतबार (महानवमी तिथि)

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट