
साथै शुभकामना दिदै नेपाली जनतालाइ कोरोना उपचारबाट पन्छिने सरकारको निर्णयप्रति आक्रोश व्यक्त गर्नु भएको छ । ।सरकारले राहत, रोजगार र रोगको उपचार खोज्दै भौँतारिएका नागरिकलाई भरपर्दो अभिभावकीय भूमिका दिन नसकेको र अहिले नेपाली जनता अभिभावकविहीन बन्न पुगेकोमा आफुलाइ पीडा भएको उहाले बताउनुभयो ।दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका हुन् ।त्यस्तै उनले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाएका छन् ।त्यसैगिर अनसारीले अहिले नेपालमा अपराधिक गतिविधी र पिशाच प्रवृत्ति बड्दो छ र बढ्दो आशुरी र भष्माशुर प्रवृत्तिबाट नेपाली जनता उन्मुत्ति चाहिरहेको बताउनु भएको छ ।
तपाईको प्रतिक्रिया