९ जेष्ठ २०७८, आईतवार १६:२७   257 पटक हेरिएको
image

लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरे लगत्तै एवं देशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखी निर्णायक आन्दोलनका लागि सबैलाई तैयार रहन अपील गरेको छ । वहाको अपील र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई सुक्ष्म रुपले अध्यन गर्ने हो भने नेपाल आउँदो दिनमा ठुलै द्वन्द र आन्दोलनमा जाने खतरा प्राय निश्चित देखिदैछ र नेपालमा ठुलै राजनीतिक एवं संवैधानिक उथलपुथल हुने अडकल लगाउन सकिन्छ ।

आज जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक समेत रहनु भएका डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आफ्नो सामाजिक संजालको माध्यमले उक्त अपील गर्नुभएको छ । वहाले आफ्नो सामाजिक संजालमा गरेको अपील यस्तो रहेको छ ,

अपील !

जनतान्त्रिक तराई मुक्ति मोर्चा, राष्ट्रिय नागरिक आन्दोलन र राष्ट्र बचाउ अभियान का सम्पूर्ण नेतृत्व एवं कार्यकर्ता पंक्तिलाई एवं सम्पूर्ण देशभक्त आम राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली नागरिकहरुलाई मातृभूमि र आफ्नो पहिचान, धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता र राष्ट्रिय स्वाधीनता एवं नागरिक सर्वोच्चताको रक्षाका निमित्त “बलिदानीपूर्ण निर्णायक संघर्ष” का लागि तैयार रहन र तैयारी थाल्न अपील गर्दछौं ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट