१२ असार २०७८, शनिबार १८:३५   71 पटक हेरिएको
image

विगत लामो समयदेखि “राज संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना”, नागरिक सरकार तथा नागरिक आयोग गठन लगायतका विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाको संगठन विस्तार युद्ध-स्तरमा भईरहेको बुझिएको छ । त्यसैक्रममा आज विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवीन चौधरी जनतान्त्रिकमा प्रवेश गरेका छन् साथै उनलाई “जनतान्त्रिक युवा संघ” को केन्द्रिय सदस्यमा मनोनीत गरिएको विषय जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गरि बताउनु भएको छ ।

प्रेस वक्तव्यमा भनिएको छ,

आदरणीय जनसमुदाय एवं संचारकर्मी मित्रहरु,

हाम्रो महान क्रान्तिकारी गौरवशाली मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक संघर्षरत रहेको तथ्य सर्वविदित नै छ । दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, लूट-खसोट, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन हाम्रै नेतृत्वमा देशव्यापी रुपमा संचालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदैगएको तथ्य पनि यहाँहरु सबैलाई अवगत नै छ ।

यसैक्रममा बिगत लामो समय देखि राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान मा विभिन्न रुपले सक्रिय रहि जारी राष्ट्रवादी आन्दोलनलाई सक्रिय रुपमा साथ, सहयोग पुर्याउँदै निर्णाक भुमिका खेलिरहनु भएका जिल्ला नवलपरासी गा.वि.स. मकर-४ हाल वर्दघाट न.पा.-४ बस्ने श्री ओम प्रकाश थारु चौधरी एवं श्रीमती लक्ष्मी कुमारी चौधरी ज्युका सुपुत्र युवा समाजसेवी एवं क्रान्तिकारी तथा राष्ट्रवादी बिचारधाराका देशभक्त ब्याक्तित्व “विश्व हिन्दु युवा महासंघ” का नवलपरासी जिल्ला अध्यक्ष “श्री नवीन चौधरी (थारु)” ज्युलाई आजैको तिथि-मिति देखि लागु हुनेगरी जनतान्त्रिक तराई मुक्ति मोर्चाको युवा संगठन “जनतान्त्रिक युवा संघ” को केन्द्रिय सदस्यको जिम्मेवारीमा मनोनीत गरिएको ब्यहोरा सबैमा जानकारी गराउँदछौं । साथै वहाँलाई “जनतान्त्रिक परिवारमा स्वागत साथ हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु” ।

जय जनतान्त्रिक ।। जय जनतन्त्र ।। जय क्रान्ति ।।

मुक्ति अभिवादन सहित !!

डा. मनोज मुक्ति “विवेक”

(डा. मनोज कुमार झा)

राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय संयोजक

जनतान्त्रिक तराई मुक्ति मोर्चा

राष्ट्रिय नागरिक आन्दोलन

राष्ट्र बचाउ अभियान

जारी मिति :- २०७८/०३/१२ गते शनिबार

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट