
वर्तमान ब्यवस्था, ब्यवस्थापन र ब्यवस्थापकीय संयन्त्र एवं शैलीका विरुद्ध विगत १७ वर्षदेखि निरन्तर संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले आज अनौठो अवधारणा सार्वजनिक गरेको देखियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा का राष्ट्रिय अध्यक्ष तथा राष्ट्र बचाउ अभियान एवं राष्ट्रिय नागरिक आन्दोलन का राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नुभएको विषयलाई हेर्दा हाल आम नेपाली जनताले खोजेको र रोजेको कुरा स्पष्ट हुन्छ र वहाँले राख्नु भएको विषयवस्तुको गहिराईमा जादा हाल नेपालमा देखिएका सबैखाले बेथिति र बिसंगतीहरुको निकास/समाधान छर्लङ्ग हुन्छ ।
वहाँका विचार जस्ताको त्यस्तै, वहाँ कै सामाजिक संजालबाट,
जनतन्त्र चाहिन्छ, दल/पार्टी चाहिएन !
जनप्रतिनिधि चाहिन्छ, दलाल चाहिएन !
समान हैसियत, सम्मानजनक व्यवहार, समदुरी र पञ्चशिलको आधारमा असंलग्न वैदेशिक सम्बन्ध चाहिन्छ तर प्रभु-सत्तावादी हस्तक्षेपकारी भुमिका र सम्बन्ध चाहिएन !
समाजसेवा गर्न पाईन्छ तर NGO – INGO चाहिएन !
कुटनैतिक एवं राजनीतिक सम्बन्ध चाहिन्छ, राजदुतावास राख्न पाइन्छ तर छाया सरकार र अप्रत्यक्ष शासन-सत्ता संचालन गर्न पाइन्न !
हिन्दु-अधिराज्य चाहिन्छ तर हिन्दु-राष्ट्र र धर्म-निरपेक्षात चाहिएन !
विकेन्द्रीकृत शासन ब्यवस्था चाहिन्छ तर संघीयता चाहिएन !
विदेश र रक्षा (सेना) को सम्पूर्ण जिम्मा राज-संस्था मा निहित हुनुपर्छ तर गणतन्त्र चाहिएन !
एक परिवार एक रोजगार अनिवार्य हुनैपर्छ तर वैदेशिक रोजगार चाहिएन / प्रतिबन्धित गरिनेछ !
शिक्षा र स्वास्थ पूर्णतः नि:शुल्क हुनैपर्छ तर ब्यापारीकरण चाहिएन !
धार्मिक स्वतन्त्रता हुनुपर्छ तर धर्मान्तरण लाई प्रतिबन्धित गरिनेछ !
वैदेशिक आर्थिक सहयोग लिईनुपर्छ तर वैदेशिक ऋण र वैदेशिक परनिर्भरता लाई शुन्य मा झारिनेछ !
शान्ति एवं जनतन्त्र रक्षाका लागि प्रतिस्पर्धामा आधारित आत्मनिर्भर सैन्य एवं सामरिक शक्तिको विकास गरिनेछ !
कर मुक्त देश, आत्म निर्भर जनता, स्वाधीन एवं समृद्ध राष्ट्र, निर्यातमुखी अर्थ-ब्यवस्था र सत-प्रतिशत शिक्षित समाज निर्माण नै २१औं शताब्दीको न्युनतम माग हो ।।
तपाईको प्रतिक्रिया