
नेकपा एमालेका नेता प्रभु साहको गृहनगरमा माओवादी केन्द्रका उम्मेदवारले मेयरमा अग्रता लिएका छन् ।
रौतहटको मौलापुर नगरपालिकामा माओवादीका रामप्रवेश राम यादव अगाडि लागेका छन् ।
आइतवार बिहानसम्मको शुरुआती मतगणनामा माओवादीका यादवले ५९४ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार रीनाकुमारी साह ४८३ मतसहित दोस्रो स्थानमा छिन् । पूर्व मेयर समेत रहेकी साह प्रभु साहकी पत्नी हुन् । उपमेयरमा पनि माओवादी उम्मेदवार ५९१ मतसहित अग्रस्थानमा छिन् । नेकपा विभाजनपछि प्रभु साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।


तपाईको प्रतिक्रिया