
महोत्तरीमा तराई मधेश लोकतान्त्रिक पार्टीले अध्यक्ष पदमा पहिलो जित निकालेको छ ।
जिल्लाको महोत्तरी गाउँपालिकामा तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन् ।
बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिप कुमार पाण्डे निर्वाचित भएका हुन् । उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अजय जंग रायले २ हजार २०८ मत ल्याए ।
यस्तै उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन् । उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्दी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन् ।
गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ ।
तपाईको प्रतिक्रिया