९ असार २०७९, बिहीबार ११:३६   428 पटक हेरिएको
image

 

लन्डन : हलिउड अभिनेत्री एम्बर हर्ड संसारकै सुन्दर अनुहार भएकी महिला बनेकी छन्। वैज्ञानिक मानंकका अनुसार एम्बरको अनुहार संसारकै सुन्दर पाइएको छ। पछिल्लो समय पूर्वपति जोनी डिपसँगको चिसिएको सम्बन्धका कारण चर्चामा रहेकी एम्बर संसारकै सुन्दर अनुहार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।हालै प्रकाशित एक रिपोर्टका अनुसार एम्बरको अनुहार बैज्ञानिक मानंक अनुसार लगभग मिल्दोजुल्दो छ। बेलायतका एक कस्मेटिक सर्जनले गरेको लामो अध्ययनको निष्कर्ष अनुसार एम्बरको आँखा, ओठ र अनुहार ‘पर्फेक्ट’ पाइएको छ। युनिलाडको रिपोर्ट अनुसार बेलायती कस्मेटिक सर्जन डा. जुलियन डी सिल्भाको अध्ययनमा एम्बरको अनुहार ‘पर्फेक्ट’ पाइएको हो। डिजिटल फेसियल म्यापिङ प्रविधि प्रयोग गर्दा उनको अनुहार ९१.८५ प्रतिशत ‘पर्फेक्ट’ पाइएको थियो। 

‘ब्युटी फाइ’ भनिने ग्रिकको गोल्डेन रेसियो सिद्धान्त अनुसार एम्बरको अनुहारको रेसियो १.६१८ निस्किएको थियो। सिल्भाले एम्बरको अनुहारको १२ बिन्दुको विश्लेषण गरेका थिए। सिल्भा सन् २०१६ देखि यही विषयको अनुसन्धानमा तल्लिन थिए। 

उनले विश्वका चर्चित व्यक्तिहरूको आँखा, नाक, मुखसँगै समग्र अनुहारको विश्लेषण गर्दै आएका छन्। लामो अनुसन्धान र विश्लेषणपछि एम्बरको अनुहार करिब ९१.८५ प्रतिशत सुन्दर पाइएको थियो।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै डा. सिल्भाले गोल्डेन रेसियो संसारकै लागि गोप्य सूत्र माािँदै आएको बताए। ‘ग्रिकका अनुसन्धानकर्ताहरूका अनुसार गोल्डेन रेसियोको अनुपात प्रकृतिमा जताततै हुन्छ र हजारौं वर्षदेखि यसलाई संसारकै ‘गोप्य सूत्र’ मानिँदै आएको छ’, डा. सिल्भाले भने। 

उनका अनुसार चर्चित टेलिभिजन रियालिटी सोकी स्टार किम कार्दसियनको आँखीभौं संसारकै मानिसहरूमध्ये उत्कृष्ट छ। यसैगरी हलिउड अभिनेता स्कारलेट जोहानसनको आँखा सबैभन्दा राम्रो छ भने  अभिनेता तथा मोडल इमिली राताजकोब्सीको ओठ संसारकै सुन्दर मानिन्छ। संसारकै सुन्दर पुरुष भने रोबर्ट प्याट्रिन्सन पाइएको छ। उनको औसत ९२.१५ छ।   

annapurna post

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट