१३ असार २०७९, सोमबार १४:२२   499 पटक हेरिएको
image

जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकार बिच बिगतमा भएका सहमति समझौता कार्यान्वयन गर्न नेपाल सरकार लाई ध्यानाकर्षण गराएको बुझिएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चा का केन्द्रिय सदस्य बुलन यादव (जय मुक्ति) ले आफ्नो सामाजिक संजालमा एउटा फोटो सार्वजनिक गर्दै लेखेका छन् कि,
हाम्रो महान क्रान्तिकारी गौरवशाली मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चाका श्रद्धेय राष्ट्रिय अध्यक्ष श्री डा. मनोज मुक्ति बिबेक ( डा. मनोज कुमार झा ) ज्युको निर्देशन अनुसार प्राप्त जिम्मेवारी लाई कार्यान्वयन गर्ने सिलसिलामा ।

राज्य पक्ष / नेपाल सरकार र जनतान्त्रिक तराई मुक्ति मोर्चा बिच बिगतमा भए-गरेका सहमति सम्झौता अनुसार राज्य पक्षले गर्नैपर्ने तर बाँकी रहेका सहमति-समझौता को ताकेता दिन / ध्यानाकर्षण गराउन दिनांक 2079/03/12 गते आइतबारका दिन गृह मन्त्रालय पुगियो !

गृह सचीव ज्यु सँगको औपचारिक सार्थक एवं सकारात्मक छलफल एवं आश्वासनको लागि वहाँलाई ब्यक्तिगत तर्फबाट र मोर्चा संगठनको तर्फबाट हृदयदेखि धन्यवाद एवं आभार ।।

म माथि संधैको जस्तै विश्वास गरि दिनुभएको जिम्मेवारीका लागि मोर्चाका ( जनतान्त्रिक तराई मुक्ति मोर्चा ) श्रद्धेय राष्ट्रिय अध्यक्ष ज्युलाई हृदयदेखि धन्यवाद एवं आभार ।।

मुक्ति अभिवादन सहित !
बुलन यादव (जय मुक्ति)
केन्द्रिय सदस्य
जनतान्त्रिक तराई मुक्ति मोर्चा

स्मरणीय छ, कि जनतान्त्रिक तराई मुक्ति मोर्चा र नेपाल सरकार बिच बिगतमा पटक-पटक विभिन्न सहमति – समझौताहरु भएको थियो जस अनुसार मोर्चाको तर्फबाट पाल्ना गर्नुपर्ने विषयवस्तुहरु मोर्चाले पालन गर्दै शान्तिपूर्ण मुलधारको राजनीतिमा सक्रिय छ तर ती सहमति समझौता अनुसार राज्यपक्षले गर्नुपर्ने धेरै विषयवस्तुहरु अहिले पनि पेन्डिङ अवस्थामा छ ।

हामीलाई प्राप्त जानकारी अनुसार अबको केही दिन भित्रै मोर्चाका प्रतिनिधि मण्डल र नेपाल सरकारका गृहमन्त्री र प्रधानमन्त्री बिच छुट्टाछुट्टै भेटघाट हुने र शान्ति प्रक्रियाका अन्य विषयवस्तुहरु अगाडि बढाइने छ ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट