
सर्लाही सम्वाददाता।
सर्लाहीमा प्रदर्शनकारीमाथि गोली चलाउने प्रहरीलाई प्रदेश सरकारले कडा कारबाही गर्ने यस्तो त कति घटनामा सुने मन्त्री ज्यू के को प्रदेश सरकार सर्लाहीको युवाहरुको प्रदेशको गृहमन्त्री ज्ञानेन्द्र यादवसँग प्रश्न ।तपाई के को गृहमन्त्री तपाईले गृहमन्त्रीको हैसियतले गरेको काम प्रदेशवासीलाई बताईदिनुस मन्त्री ज्यू। के को प्रदेश सरकार न सुशासन छ । न त प्रदेशको छोरी चेली सुरक्षित छ । वलतकार हुँदा तपाईहरुलाई थाहै हुदैन । वलतकार,चोरी ,तस्कर,माफियातन्त्र ,प्रदेशमा बढदै छ । तपाईरुलाई थाहै हुदैन अनि सवै घटनाको छानबिन हुन्छ रे कारवाही पनि हुन्छ रे भनेर कहिलेसम्म प्रदेशवासीलाई ठग्नु हून्छ।र आजसम्म कति घटनाको छानविन गरेर दोषीमाथी कारवाही गर्नु भयो ।
सर्लाहीमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एकजना प्रदर्शनकारीको मृत्यु भएको छ।
सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी घाइते छन्।
ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक जना बालकको ज्यान गएको थियो। ईश्वरपुर नगरपालिका –१३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको थियो।
अबैध उत्खनन्ले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ती माग गर्दै राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो।
सडक खुलाउन पुगेका नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीबीच झडप भएपछि अवस्था तनावग्रस्त बनेको हो। स्थानीयले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले हवाइ फायर गरेको थियो।
।साथै यो घटनाले प्रदेश सरकार असफल भईरहेको देखाइएको छ । प्रदेश सरकार गठन भएपछि चुरे ,अवैध उत्खन्न र वनजंगल पनि सुरक्षित गर्न प्रदेश सरकार पर्णतय असफल भएको देखिन्छ ।
तपाईको प्रतिक्रिया