२८ असार २०७६, शनिबार ००:२५   690 पटक हेरिएको
image

  • साझा डबली
  •  शुक्रबार, असार २७, २०७६

काठमाडौँ, असार २७। विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलको भारत र न्युजील्याण्डबीचको बुधबारको खेल हेर्दा हेर्दै एक भारतीय क्रिकेट फ्यानको निधन भएको छ ।

भारतीय मिडियाका अनुसार भारतको कोलकोताका एक साइकल पसले खेल हेर्दा हेर्दै महेन्भाद्रर सिंह धोनी रन आउट भएपछि उनी पसलमै ढलेका थिए ।

श्रीकान्त मैती नाम गरेका ति पसले आफ्नै श्रीमतीसँगै मोबाइलमा खेल हेरिरहेका बेला महेन्द्र सिंह धोनी रन आउट भएपछि उनि बसेकै ठाउमा ढलेको बताइएको छ ।

अचेत श्रीकान्तलाई नजिकका पसलेले तुरुन्तै अस्पताल लगे पनि अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

न्युजील्याण्डविरुद्धको सेमिफाइनलमा भारत १८ रनले पराजित हुदै विश्वकपबाट बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया

सर्वाधिक पढिएको

ताजा अपडेट