रक्तिम सांस्कृतिक अभियान कपिलवस्तु को पाँचौं जिल्ला भेला सम्पन्न

रक्तिम सांस्कृतिक अभियान कपिलवस्तु को
पाँचौं जिल्ला भेला सम्पन्न
केर सिंह अदै, तौलिहवा
रक्तिम सांस्कृतिक अभियान कपिलवस्तु को पाँचौ जिल्ला सम्मेलन आज जिल्ला को शिवराज नगर पालिका ख रेन्द्रपूर मा सम्पन्न भएको छ, रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय अध्यक्ष गिरी प्रसाद बुढा को प्रमुख आतिथ्यता मा भेला सम्पन्न भएको हो , भेला लाई सम्बोधन गर्दै अध्यक्ष गिरी ले रक्तिम सांस्कृतिक अभियान को सदस्य बन्नु भनेको समाज बदल्नु हो आफू बदलिनु हो, भन्दै यो जीवन लाई सही दिशा दिने र समाज प्रति उत्तरदायित्व बोध गराउन कला को माध्यम बाट शिक्षा रक्तिम ले प्रदान गर्ने बताउनु भयो, भेला मा रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय सदस्य मन बहादुर नेपाली, राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अ दै, राजमो जिल्ला कोष अध्यक्ष तथा शिवराज नगर समिति अध्यक्ष केर सिंह पुन मगर , अखिल छैठौं की जिल्ला अध्यक्ष टिना अ दै ले शुभ कामना मन्तव्य राख्नु भएको थियो, भेला ले बेगम बुढा मगर को आधक यता मा ११सदस्यीय रक्तिम सांस्कृतिक अभियान जिल्ला समिति चयन गरिएको छ, जस् अनुसार अपा अध्यक्ष मा भक्त बहादुर थापा, सचिव अमर थापा, सह सचिव सुस्मिता विक, कोष अध्यक्ष कल्पना भट्टराई, सदस्य हरुमा पूजा पोख्रेल, राजु विक, रेखा आचार्य, आकाश थारु, सुहानी जैसी र बिहान अ दै रहनु भएको छ, यसै गरी सल्हाकार मा मन बहादुर नेपाली, टिना अदै, राजु गैरे, सुमित्रा परिवार,र शुसिला खनाल रहनु भएको छ, बेगम बुढा को अधक् क्षय ताँ मा सम्पन्न भेला को सञ्चालन सुस्मिता विक ले र स्वागत कल्पना भट्टराई ले गर्नु भएको थियो, भने रक्तिम गीत आउ है एक ताँ को झण्डा मुनि शवलाई स्वागत छ , गीत ले स्वागत गरेका थिए, भेला पछि को बैठक ले नगर भेला, बैठक , नगर स्तरिय प्रशिक्षण गर्ने निर्णय गरिएको छ,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ