क्यान्सर पीडित गोपाल सार्कीको उपचारका लागि सहयोग अपिल

क्यान्सर पीडित गोपाल सार्कीको उपचारका लागि सहयोग अपिल
नवराज पौडेल कपिलवस्तु

शिवराज नगरपालिका–११ नयाँबस्ती निवासी ४६ वर्षीय गोपाल सार्की हाल गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन्। लामो समयदेखि पायल्सको समस्याबाट पीडित रहेका सार्कीलाई अहिले क्यान्सर भएको पुष्टि भएपछि उनको परिवार ठूलो संकटमा परेको छ।
अटो चलाएर ६ जनाको परिवार पाल्दै आएका गोपालको आम्दानी नै परिवारको मुख्य सहारा थियो। तर, क्यान्सर जस्तो जटिल रोग लागेपछि उनको काम गर्ने अवस्था नरहेकाले परिवारको आर्थिक अवस्था झनै कमजोर बनेको छ। उनका एक छोरा, तीन छोरी र श्रीमती रहेका छन्।
घरको आर्थिक अवस्था सुधार गर्न विदेश गएका उनका छोरा दीपक नेपाली पनि स्वास्थ्य समस्या कारण स्वदेश फर्किँदै गरेका छन्, जसले परिवारको पीडामा थप बोझ थपिएको छ।
डाक्टरको सल्लाहअनुसार गोपालको नियमित किमोथेरापी (किमो) गर्नुपर्नेछ, जसका लागि प्रत्येक २१ दिनमा करिब १ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने बताइएको छ। तर कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन परिवार असमर्थ बनेको छ।
यसै सन्दर्भमा उनकी छोरी शुशिला सार्की लगायत परिवारका सदस्यहरूले गोपालको जीवन बचाउन सहयोग गरिदिन सबैमा हार्दिक अपिल गरेका छन्।

मानवीय संवेदनशीलता देखाउँदै इच्छुक सहयोगदाताहरूले सकेको सहयोग गरी एक पीडित परिवारलाई जीवनदान दिन सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर