जनता संग गरेका प्रतिबद्धता पूरा गर्नुहोस् बालेन् सरकार लाई , शुभकामना  

जनता संग गरेका प्रतिबद्धता पूरा गर्नुहोस्
बालेन् सरकार लाई , शुभ कामना छ
केर सिंह अदै
बा लेन शाह नेपालको ४६ औ प्रधान मन्त्री भएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टी ले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा १८२ सित हासिल गरी एकलौटी सरकार बनाउन सफल भएको हो, गत भदौ २३/२४ को जे एन जी आन्दोलन ले पनि उसबेला प्रधान मन्त्री प्रस्ताव गरेका थिए, जे एन जी आन्दोलन मूलतः भास्त चार को अन्त्य र सामाजिक सञ्जाल माथि लगायको प्रतिबन्ध बिरुद्ध मात्र केन्द्रित रहेको थियो, र अप्रत्यक्ष रूपमा बालेन शाह को भूमिका थियो, जे एन जी आन्दोलन ले कांग्रेस एमाले को गठ बन्द्धन सरकारलाई आगो लगाएर हटाए, आन्दोलन को क्रम मा ७६ जना ले ज्यान गुमाए, कलिला बालबालिका को टाउको मा गोली हानियो, देश खरानी भयो, ३००प्रहरी चौकी जलाइयो, शिह दरबार, सर्वोच्च अदालत,प्रमुख नेता हरु को घर, जलाइयो, यो कसको ग्रयाण्ड डिजायन मा भयो,

त्यस बारेमा ध्यान कमै को छ, तर शुसिला कार्की लाई प्रधान मन्त्री बनाउन , बाले न शाह को प्रमुख भूमिका रहेको छन, जे एन जी हरुलाई शुसिला कार्की को नाम समेत थाहा थिएन,बाले न शाह ले जे एन जी हरुलाई मनाए पछि सुलिला कार्की प्रधान मन्त्री बनेकी हुन्, र भदौ २४/२४ को घटना को निष्पक्ष छान बिन गर्न , दोषी लाई कारबाही गर्न शुसिला सरकार असफल रहेको छ, कार्की छानबिन आयोग ले चुनाव सकिएको अर्को दिन मात्र प्रतिवेदन बुझाएको छ, अब यस बारेमा के कस्तो कारबाही हुन्छ, यो हेर्न बाँकी नै छ, तत्काल बाले न सरकार ले गर्नु पर्ने काम आफूले बोलेका ,प्रतिबद्धता गरेका एजेण्डा पूरा गर्नु पर्दछ, बाले न शाह मेयर पदमा हुँदा ग्रेटर नेपाल को नक्शा अफिसमा राखेका हुन, र महान राष्ट्रवादी कहलिएका हुन, उनी सहित को ग्रेटर नेपाल को फोटो , नेपाल भर , बस् मा , ट्रकमा , अरु गाडी हरुमा, कतिपय ले छाती मा , हात मा ट्याटु खोपेर , प्रचार गरियो, यसले बा लेन शाह न १ राष्ट्रवादी हुन, उन ले गुमेको नेपालको भूमि फिर्ता गर्दछन्, भन्ने नेपाली जनता को मान मस्तिष्क मा छाप भयो, र फागुन २१ मा घण्टी मा छाप लगाए,

अब बा लेन ले नेपाली जनता को भावना को कदर गर्दै तत्कालीन रूपमा देखिएको कालापानी लिपुलेख लिम्पियाधुरा को विवाद टुंग्याउन पर्दछ, सीमा सुरक्षा गर्नु पर्दछ, कालापानी बाट भारतीय सेना हटाउनु पर्दछ, चीन र भारत ले नेपाल लाई नसोधी बाटो बनाई दुई देश बीच व्यापार सम्झौता गरेका छन्, तुरुन्त रोक्नु पर्छ, ट्री देसिय सम्झौता हुनु पर्छ, भारत ले ७२ ठाउँमा सीमा मिचेको छ, ६२ हेक्टर जमिन मिचेको छ, फिर्ता गर्नु पर्दछ, नत्र त्यो ग्रेटर नेपाल को नक्शा झुन्डयाई नेपाली जनता र घण्टी मा दुई तिहाइ भोट हाल्ने जनतालाई उल्लु बनाएको ठहर्ने छ,

राष्ट्रिय स्वतन्त्र पार्टी र यसका प्रमुख नेता हरुले उठाउँदै आएको मुद्दा भास्ट चार को अन्त्य हो, सुरु देखि उठाउँदै आयको छ, कांग्रेस एमाले एमाओवादी , को गरेको भाँस्त चार बेथिति,कुशासन, अनियमितता, बिरुद्ध खरो रुपमा भन्दा खोर गर्दै आएको छ, सामाजिक सञ्जाल प्रयोग गरी नेपाली जनताको मन मस्तिष्क बस्न सफल भएको छ, नो नट अगेन, भाँस्ट चारी लाई जेल कोच्ने, नाक को दाधी भाँच्ने, भस्त्त चारी हरुको फाइल खोल्ने , कुरा व्यापक उठाइयो, सामाजिक सञ्जाल, युटुब ले हाइ लाइट बनाए, नेपाली जनताको मन जित्न सफल भए, कांग्रेस एमाले एमाओवादी को सत्ता बाट वाक्क भएका जनता को अपा र समर्थन प्राप्त भयो,फागुन २१ मा घण्टी मा मत दिएर दुई तिहाइ मा पुराइदिए, अब राष्ट्रिय स्वतन्त्र पार्टी , बा लेन शाह को हातमा नेपालको सत्ता बागडोर सम्हाल्ने र ती बोलेका वाचा पूरा गर्न कसैले बाधा पुर्याउन सक्दैन, भस्तचर , त नेपालमा सेना मा, पुलिसमा, मन्त्रालयमा, भन्सारमा, कर्मचारीमा
सबै ठाउँमा छ,

अब नयाँ सरकारले उसले भने बोमोजिम नीति निर्माण गरी भस्टचर नियन्त्रण गर्नु पर्दछ,
संघीयता खारेज को मुद्दा, नेपालको सन्दर्भ मा सात सरकार, संघीयता आवश्यक छैन, महँगो पर्दछ, कर बढ्छ, महँगी बढ्छ, भूगोल को हिसाब ले पनि उपयुक्त हुँदैन, भनेर राष्ट्रिय जनमोर्चा तथा राजमो अध्यक्ष चित्र बहादुर केसी ज्यू को नेतृत्व मा २०६४साल देखि नै सडक र सदन मा यसको खारेजी को आन्दोलन गर्दै आएको आम रूपमा थाहा भएको कुरा हो, संघीयता बिरुद्ध जन मत बढ्दै गइरहेको थियो, जनता को यो भावना लाई बुझेर राष्ट्रिय स्वतन्त्र पार्टीका का नेता स्वर्णिम वाग्लेले ले सामर्थ्य आउँदाको दिन सात सरकार का ५५० सांसद खारेज गर्दछौ भन्ने अभिव्यक्ति दिए र यसलाई सामाजिक सञ्जाल , युटुब , फेस बुक मा हाइ लाइट बनाइयो, र जनताले पताय र संघीयता खारेज गर्दछ , भनेर , फागुन २१ मा घण्टी मा मत हाले
अब राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद हरुले प्रदेश खारेज को प्रस्ताव राख्नु पर्छ, १८वर्ष सम्म राजमो ले संघीयता खारेज गर्न, विरुद्ध मा आन्दोलन गर्दा जनता ले पत्याएनन्, जसले खारेज गर्दा पनि हुन्छ, देश को भलो हुन्छ, यो बलेन सरकार ले प्रदेश सरकार खारेज गर्न तुरुन्त पहल गर्नु पर्दछ, अर्को कुरा विदेशमा रोजगार गर्ने युवा हरुलाई स्वदेश मै रोजगार दिने सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी का नेता रवि लामिछाने हजार पटक भनेका छन् कि विदेश जानु पर्दैन, स्वदेशमै रोजगार दिलाउच्छौ, यहाँ सम्म कि १००दिन भित्र विदेशका गल्ली गल्ली मा पोष्टर टाँस्ने, जस्ता अनेकौँ कुरा गरेर, विदेश स्थित नेपाली हरु को मन जित्न सफल भए, विदेश स्थित नेपाली हरु ले व्यापक घण्टी को प्रचार गरे, घरमा आमा बुवा लाई घण्टी मा भोट हाल्न भने, विदेश स्थित नेपाली हरु ले कांग्रेस एमाले एमाओवादी को विकल्प मा राष्ट्रिय स्वतन्त्र पार्टी लाई चुने, घण्टी पार्टी लाई दुई तिहाइ मा पुर्याउन विदेश स्थित नेपाली हरु को ठूलो हात छ, यसरी भूमिका खेलेका प्रवास मा काम गर्ने नेपाली दाजु भाई दिदी बहिनी हरुलाई नेपालमै रोजगार दिने राष्ट्रिय स्वतन्त्र पार्टी को अजेन्डा अब बा लेन शाह सरकार ले पुरा गर्नु पर्दछ, कसैले बाधा पुर्याउन सक्दैन न, किनकि १८२ सित मा नेपाली जनताले पुर्याइदिएको छन, बुढा नेता हरुलाई किनारा लगाउने उद्देश्य पनि सफल भएको छ, पुस्तान्तरण पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले भने अनुसार भएको छ, जे माग थियो त्यो जनताले पूरा गरी दिएका छन्,
अब योसरकारले गर्नु पर्ने काम नेपाली जनताको गास बास कपास, शिक्षा स्वास्थ्य रोजगार , किसान का समस्या , मजदुर का समस्या, कर्मचारीका समस्या, देशमा शान्ति सुरक्षा कायम गर्ने, सवालमा कस्तो नीति नियम बनाउँछ,

सक्षम असक्षम मूल्यांकन हुने नै छ, देश को राष्ट्रियता ,भौगोलिक अखण्डता, MCC, , spp, सीमा अतिक्रमण, विगतका सत्ताधारी हरले गरेका असमान सन्धि सम्झौता, विदेश नीति, को बारेमा राष्ट्रिय। स्वतन्त्र पार्टी र यसका नेता एक शब्द बोलेको छैनन्, बरु बाले न ले प्रधान मन्त्री सपथ नखादै
विद्यार्थी संगठन ,खारेज गर्ने रे, मजदुर संगठन खारेज गर्ने रे, राहत दरबन्दी मा रहेका लाई खारेज गर्ने रे, अब बलेन सरकारको बाधक यी सङ्गठन भए, वास्तवमा यी सङ्गठन खारेज गर्ने भने को निरंकुश तन्त्र को सुरुवाती क दम हो, तानाशाही कदम हो, बरु बाधक त नेपलमा एनजीओ, आइएनजिओ , विदेसी संघ संस्था हुन, जसले जातिवाद ,क्षेत्रीयता बादि, हक अधिकार को नाम मा देश टुक्र्याउने विखण्डन कारी खेल खेल्दछ नं, साम्राज्यवादी नीति लागू गर्न भूमिका खेल्छन्, नेपालको सरकारी निकाय भन्दा बढी अफिस छन, वडा देखि मन्त्रालय सम्म पहुँच राख्दछन्,

यिनीहरू बाट देश ले के पायो, जनताले के पाए, त्यो मूल्यांकन गर्ने होला नि , नेपालमा १८०० त क्रिश्चियन स्कुल छन, तिनीहरू ले के सिकाइ रहेका छन् , छानबिन गर्ने होलानी , हत्त र पत्त विद्यार्थी संगठन , मजदुर संगठन खारेज को कुरा मजदुर संगठन ,विद्यार्थी संगठन को इतिहास के हो , कहाँ कहाँ बाधक भए , प्रस्ट पार्नु पर्ने हुन्छ, नत्र ती सङ्गठन ले भदौ २३/२४ उल्टाउने छन

, निरंकुश तन्त्र चल्ने छैन, बा लेन सरकार ले पहिला आफूले चुनाव को बेला प्रतिबद्धता गरेका वाचा पूरा गर्न तर्फ लाग्नु पर्दछ, त्यो नै देश र जनताको भलो मा हुने छ, बा लेन सरकार टिकाउ हुने छ, लोक प्रिय बन्दै जाने छ, अन्त्यमा नेपाल सरकार का प्रधान मन्त्री बा लेन शाह, र उन को मन्त्री मण्डल लाई सफल कार्य काल को शुभ कामना छ,

प्रतिक्रिया
सम्बन्धित खवर