मा सातौं पुण्यतिथिमा पुन परिवारलाई नगद सहयोग ।।
कपिलवस्तु, – कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ स्थित भोजलाल पुनको आमा पुजा पुनको सातौं पुण्यतिथिको अवसरमा सामाजिक सेवा समाज खरेन्द्रपुरले नगद सहयोग प्रदान गरेको छ।
समाजका अध्यक्ष सुरज खासु मगरको नेतृत्वमा आयोजना गरिएको एक सादगीपूर्ण कार्यक्रममा नगर प्रमुख अजय थापा, वडा अध्यक्ष टेकलाल सापकोटा र अन्य समाजका पदाधिकारीहरूले २३,५०० रुपैया परिवारलाई हस्तान्तरण गरेका छन्।कार्यक्रममा अध्यक्ष सुरज खासु मगरले भन्नुभयो, “यो दुखद घडीमा पारिवारिक स्रोतलाई केही राहत मिलोस् भन्ने उद्देश्यले हामीले यो सहयोग गरेका हौं।
समाजको छोटो सहयोगले पीडित परिवारलाई मानसिक र आर्थिक रुपमा केही सहारा मिलोस् भन्ने चाहना रहेको उहाँले बताउनु भयो ।
नगर प्रमुख अजय थापाले समाजको यस प्रकारको पहललाई सराहना गर्दै, “यस्ता सहयोगले हाम्रो समाजमा एकता र सहयोगको भावना बलियो बनाउने उहाँले बताउनु भयो ।वडा अध्यक्ष टेकलाल सापकोटाले पनि सामाजिक सेवा समाजको योगदानको महत्त्वलाई स्वीकार्दै, “समाजका सबै सदस्यहरुको यस प्रकारको पहलले कठिन समयमा एक अर्कालाई सहयोग पुर्याउने राम्रो उदाहरण प्रस्तुत गरेको बताउनु भयो । समाजको सहकार्य र सहयोगले एक अर्कामा सद्भाव र समृद्धिको भावना बढाउने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन भएको थियो। यस कार्यक्रमलाई निरन्तरता दिइने खासुले बताउनु भयो ।













