श्रमिकका आधारभूत समस्या समाधानमा राज्यका सबै तह गम्भीर हुनुपर्नेमा वडा अध्यक्ष बेल्वासेको जोड
चन्द्रौटा, कपिलवस्तु
१३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकामा श्रमिकहरूको हक, अधिकार र सम्मानको माग गर्दै भव्य सचेतना र्यालि तथा कोण सभा सम्पन्न भएको छ । ’मनोसामाजिक सुरक्षा सुनिश्चित गरौं, श्रमिकको सम्मान गरौं’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमले नगर क्षेत्रका श्रमिकहरूको संगठित आवाजलाई बुलन्द पारेको छ । शिवराज नगर स्तरीय श्रमिक सञ्जालको आयोजना र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा सम्पन्न भएको यो कार्यक्रमले श्रमिकका समस्या समाधानका लागि सरोकारवालाहरूको ध्यान केन्द्रित गराएको छ ।
शिवराज नगरपालिका वडा नं. ५ स्थित संजिवनी सामुदायिक अस्पतालको प्राङ्गणबाट सुरु भएको सचेतना र्यालिले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।र्यालीमा सहभागी श्रमिकहरूले हात–हातमा प्लेकार्ड र ब्यानर बोकेर श्रमको उचित मूल्य र सामाजिक सुरक्षाको माग गर्दै शान्तीपुर्ण रे¥यालि गरेका थिए । उक्त ¥याली बजारका मुख्य चोकहरू हुँदै अगाडि बढेर अन्ततः दुर्गा मन्दिरमा पुगी कोण सभामा परिणत भएको थियो । ¥यालीमा उत्साहजनक सहभागिता देखिएको थियो, जहाँ श्रमिकहरूले आफ्नो पहिचान र अधिकारका लागि ऐक्यबद्धता जनाएका थिए ।

कोण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्वासेले श्रमिकहरू देशको आर्थिक मेरुदण्ड भएको बताए । उनले श्रमिकहरूले भोग्नुपरिरहेका आधारभूत समस्याहरूप्रति राज्यका सबै तह—संघीय, प्रादेशिक र स्थानीय सरकार—अत्यन्तै गम्भीर र संवेदनशील हुनुपर्नेमा विशेष जोड दिए । अध्यक्ष बेल्वासेले श्रमिकको पसिनाको सम्मान नभएसम्म र उनीहरूको दैनिक जीवनमा आइपर्ने न्यूनतम समस्याहरू हल नभएसम्म वास्तविक समृद्धि सम्भव नहुने बताए । उनले स्थानीय तहबाट श्रमिकका हितमा नीति निर्माण गर्न आफू सदैव तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रमको औपचारिक पक्षलाई निकै व्यवस्थित ढंगले सञ्चालन गरिएको थियो । शिवराज नगर स्तरीय श्रमिक सञ्जालकी अध्यक्ष यशोदा नेपालीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै गिता खड्काले श्रमिक दिवसको सान्दर्भिकता र वर्तमान अवस्थामा श्रमिकहरूले सामना गरिरहेका चुनौतीका बारेमा स्वागत मन्तव्य राखेकी हुन । सबिता अधिकारीले संचालन गरेको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि श्रमिकहरूको न्यूनतम पारिश्रमिक, स्वास्थ्य बीमा र सुरक्षित कार्यस्थलको ग्यारेन्टी हुनुपर्ने कुरामा जोड दिएका थिए ।
दिवसको अवसरमा आयोजित यस कार्यक्रमले नगर भित्रका श्रमिकहरूको अवस्था र राज्यको दायित्वका बारेमा महत्वपूर्ण बहस सिर्जना भएको सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको संयुक्त साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमका साहयक कार्यक्रम अधिकृत संजिव गहतराजले बताए । सिद्धार्थ सामाजिक विकास केन्द्रले यस कार्यक्रममा पु¥याएको सहयोगले श्रमिकहरूलाई संगठित हुन र आफ्ना मागहरू स्पष्ट रूपमा राख्न थप मद्दत पुगेको सहभागीहरूले बताए । ¥यालीमा देखिएको श्रमिकहरूको व्यापक उपस्थिति र कोण सभामा व्यक्त भएका विचारहरूले आगामी दिनमा श्रमिक आन्दोलन र अधिकार प्राप्तिका लागि नयाँ उर्जा थपेको छ ।














