शिवराज नगरपालिका वडा नं. १ बनकट्टामा गार्मेन्ट सम्बन्धी सीप विकास तालिम सुरु
सुबास परियार –
शिवराज नगरपालिका वडा नं. १ अन्तर्गत बनकट्टामा “सीप सिकौं, स्वरोजगार बनौं, समृद्ध नेपालको निर्माण गरौं” भन्ने नारासहित गार्मेन्ट सम्बन्धी एक महिनाको सीप विकास तालिम सुरु गरिएको छ। यो कार्यक्रम गरिबी निवारणको लक्ष्यसहित लघु उद्यम प्रवर्द्धन गर्न नगरपालिकाद्वारा सुरु गरिएको हो।
कार्यक्रम उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अजय थापाले यस्ता सीपमूलक तालिमहरूले स्थानीय तहको मात्र नभई सम्पूर्ण देशको समग्र विकासमा सहयोग पुर्याउने धारणा राख्नुभयो। उहाँले तालिमका सहभागीहरूलाई सिकेको सीपलाई प्रयोगमा ल्याउँदै आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।
त्यस्तै, वडा नं. १ का वडा अध्यक्ष खिम बिक्रम के.सी. ले तालिममा सहभागी युवायुवतीलाई सीप विकासमा प्राथमिकता दिनु आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले स्वरोजगार सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
यो कार्यक्रमले स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने विश्वास गरिएको छ।














