फागुन १६ गते भित्र उम्मेदवारहरुका पक्षमा खटिन नेता कार्यकर्तालाई काँग्रेस कपिलवस्तुको आव्हान

फागुन १६ गते भित्र उम्मेदवारहरुका पक्षमा खटिन नेता कार्यकर्तालाई काँग्रेस कपिलवस्तुको आव्हान
कपिलवस्तु, १५ फागुन
नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिती कपिलवस्तुले जिल्लाको तिन वटै निर्वाचन क्षेत्रका पार्टीका आधिकारीक उम्मेदवारका पक्षमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आव्हान गरेको छ । पार्टीका जिल्ला सभापति अब्दुल कलाम खाँले पार्टी बदलिएर देश बदल्ने सोचका साथ पार्टीका केन्द्रिय सभापति गगन कुमार थापाको नेतृत्वमा शसक्त रुपमा निर्वाचनमा खटिएका बेला पार्टीका सबै नेता कार्यकर्ता एकाकार हुनु पर्ने बताए । जिल्ला सभापति खाँले अलमलमा रहेका नेता कार्यकर्तालाई पार्टीका सबै निर्वाचन क्षेत्रका पार्टीका आधिकारीक उम्मेदवारका पक्षमा फागुन १६ गते भित्र प्रचार प्रसारमा संलग्न हुन आव्हान गरे । “पार्टीमा नेतृत्व परिर्वतन भई देश बदल्ने अठोट लिएका बेला पार्टीका सबै नेता कार्यकर्ता सबै क्षेत्रका आधिकारीक उम्मेदवारका पक्षमा एकाकार हुन आवश्यक छ । अलमलमा रहनु भएका साथीहरुलाई भोली फागुन १६ गते सम्म पार्टी उम्मेदवारका पक्षमा निर्वाचन केन्द्रित प्रचार प्रसारमा लाग्न आव्हान गर्दछु ।” सभापति खाँले भने ।
यस अघि आजै नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुले बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै केन्द्रिय सभापति थापाले अलमलमा भएका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारको पक्षमा लाग्न आग्रह गरेका थिए । उनले उम्मेदवार र रुख बिरुद्ध लाग्ने पार्टीको अनुशासन पार्टी आबद्ध तोडने नेता कार्यकर्ताहरु हरु प्रति कारवाहीमा कुनै मोलाईजा नहुने संन्देश दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर