म टुरिस्ट र उद्योगपती हैन, जनतामै छु : शाह

म टुरिस्ट र उद्योगपती हैन, जनतामै छु : शाह

कपिलवस्तु क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहले आफू टुरिस्ट वा उद्योगपति नभएको स्पष्ट पार्दै जनताकै सेवामा समर्पित उम्मेदवार भएको बताएका छन्। नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शाहले निर्वाचन जिते पनि हारे पनि क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।
कपिलवस्तुको बहादुरगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “म टुरिस्ट होइन, म उद्योगपति पनि होइन। म त जनताको सेवक हुँ। जनताको काम गर्ने मान्छे हुँ।” उनले आफू कसैको टिकाटिप्पणीमा नअल्झी आम नागरिकको आवश्यकता र विकासलाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएको बताए।
गत निर्वाचनमा आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि आफ्नै कमजोरीका कारण जित हासिल गर्न नसकेको स्वीकार गर्दै शाहले विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाए। आगामी दिनमा सबै पक्षलाई समेटेर क्षेत्रको समग्र विकासका लागि एकजुट भएर अघि बढ्ने उनले बताए।


आफू किसान ठग्ने वा चुनावमा मात्रै देखिने उम्मेदवार नभएको उल्लेख गर्दै उनले जनताको भावनाविपरीत काम गर्नेहरुलाई मतदाताले उचित जवाफ दिने दाबी गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता हुमाकान्त खनाल, प्रेम रायमाझी, रजत शाह लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ