मर्यादित श्रम अधिकारको सुनिश्चितताको लागि दबाबमूलक र्‍याली सम्पन्न

मर्यादित श्रम अधिकारको सुनिश्चितताको लागि दबाबमूलक र्‍याली सम्पन्न

असोज २६, चन्द्रौटा

कपिलवस्तुको शिवराज–चन्द्रौटामा मर्यादित श्रम अधिकारको सुनिश्चितताको लागि दबाबमूलक र्‍याली सम्पन्न भएको छ।
राज्यले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै सहज नेपालकी उपाध्यक्ष तथा दलित महिला अधिकारकर्मी मिना परियारले जोड दिनुभयो।

शिवराज नगरपालिकाले श्रमिक महिलाहरूको पक्षमा विशेष कानुन निर्माणको तयारीमा रहेको महिला शाखा प्रमुख जिवा केसिले बताउनुभयो।
“समान कामको समान ज्याला” भन्ने नारासहित शिवराज नगरपालिकाको दुर्गा मन्दिरबाट र्‍याली सुरु भई चन्द्रौटा चोकमा कोणसभा गरी सम्पन्न भएको हो।

कोणसभामा श्रमिक महिलाहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने, कार्यस्थलमा सुरक्षित हुनुपर्ने, र श्रमशोषणमुक्त नगरपालिका घोषणा गर्नुपर्ने माग राखेका थिए।

शिवराज नगरपालिका र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वय तथा शिवराज महिला श्रमिक सञ्जालको आयोजनामा सम्पन्न कोणसभा सृष्टि घिमिरेको अध्यक्षता, सहयोगी कार्यक्रम अधिकृत सञ्जीव गहतराजको स्वागत र सामाजिक परिचालक सबिता अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ