शिवराज नगरपालिकाको १८ औं हिउँदे नगरसभा सम्पन्न

कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औं हिउँदे नगरसभा सम्पन्न भएको छ । आइतबार बसेको १८ औं हिउँदे नगर सभाले विभिन्न विधेयक संशोधन प्रस्ताव पारित गरेको छ ।

हिउँदे नगरसभाले शिवराज नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

यस्तै शिवराज नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२, शिवराज नगरपालिकाको व्यवसाय संचालन ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ लाई पारित गरिएको नगरपालिकाले जनाएको छ ।

सभामा आर्थिक विधेयक र विनियोजन विधेयक नगर उपप्रमुख शिवकुमारी थारुले पेश गरेकी थिइन् ।
विभिन्न ऐनहरु विधायक समितिका संयोजक मेहताव आलम खानले प्रस्तुत गरेका थिए ।

नगरसभालाई सम्बोधन गर्दै नगरपालिकाका नगर प्रमुख अजय थापाले चालू आव २०८२/०८३ का लागि विनियोजन गरिएको बजेटलाई शत प्रतिशत कार्यान्वयन गर्ने गरी अगाडी बढेको बताए । नगरसभाले लिएका नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा लागू गर्न सकेमात्र नगरको विकास हुने भन्दै सबै जनप्रतिनिधिलाई आ-आफ्नो ठाउँबाट लाग्न आग्रह गरे ।

सभालाई नगरसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले सम्बोधन गर्दै हिउँदे नगरसभामा पेश हुन लागेका विधेयक लगायतका एजेण्डाबारे जानकारी दिएका थिए ।

सभालाई नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख रामचन्द्र मरासिनीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ