शिवपुरमा नेपाली काङ्ग्रेसको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन
जिल्लाको शिवराज नगरपालिका वडा नं १शिवपुर र वडा नं ९ शिवगढीमा विशेष समारोह बीच सम्पर्क कार्यालय उद्घाटन गरिएको क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिनुभयो ।
चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा
संविधानसभा सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का उम्मेदवार अभिषेक प्रताप शाह, नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्रीय सभापति गोविन्द केसी, शिवराज नगर सभापति मधु पोखरेल, नेपाली कांग्रेसका नेताहरु विनोद नेपाल, बिनोद कुवर, हरि श्रेष्ठ, नारायण ज्ञवाली, रोज आचार्य लगायतको उपस्थिति रहेको थियो ।
नेपाली काङ्ग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार अभिषेक प्रताप शाहले सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी १० जना नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
यसैगरी नेपाली काङ्ग्रेसको प्रचारप्रसारका लागि शिवराज नगरपालिका वडा नम्बर ९ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
कार्यकर्ताहरूसँग चुनावी सम्पर्क गर्नका लागि कार्यालय स्थापना गरिएको युवा नेता राकेश रायमाझीले बताउनुभयो ।














