कपिलवस्तु–३ मा अभिषेक ह्याट्रिक जितपछि चौथो जनादेशको खोजी

कपिलवस्तु–३ मा अभिषेक ह्याट्रिक जितपछि चौथो जनादेशको खोजी ।।
नवराज पौडेल, कपिलवस्तु
कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटकको चुनावी प्रतिस्पर्धा अंकगणितमा मात्र सीमित छैन, यो साख र निष्ठाको लडाइँ बनेको छ । तिन पटकसम्म यसै क्षेत्रबाट निर्वाचित भई संसदमा आफ्नो दरिलो उपस्थिति जनाइसकेका युवा नेता अभिषेक प्रताप शाह यसपटक चौठो पटक जित्ने दाउमा  छन्। विगतका तीन  विजयले उनलाई अनुभवी र जनताको विश्वास जितेको नेताका रूपमा स्थापित गरिसकेको छ भने, अर्कोतर्फ ४० वर्ष कांग्रेसमै रहेर अन्तिम समयमा एमाले प्रवेश गरेका विरेन्द्र कनौडियाको चुनौतीले यो क्षेत्रलाई झनै रोचक बनाएको छ ।
तिन तीन  पटक यस क्षेत्रको नेतृत्व गरिसकेका शाहका लागि यो निर्वाचन आफ्नो विरासत जोगाउने मात्र होइन, अवसरवादी राजनीतिको विरुद्धमा उभिने साहसको परीक्षण पनि हो । दुई कार्यकालमा उनले गरेका पूर्वाधार विकास, सामाजिक चेतना र सीमावर्ती क्षेत्रका समस्या समाधानका प्रयासहरू नै यसपटक उनको जितको मुख्य आधार बनेका छन्।
“म तिन  पटक निर्वाचित हुँदा जेजति काम गरेँ, त्यसको मूल्यांकन जनताले गर्नेछन्,” चुनावी घरदैलोमा व्यस्त शाह भन्छन्, “राजनीतिमा पदका लागि दल बदल्नुलाई जनताले कहिल्यै स्विकार्दैनन्।” शाहको यो भनाइ सिधै उनका मुख्य प्रतिस्पर्धी कनौडियातर्फ लक्षित छ । दशकौंसम्म कांग्रेसको ओत लागेर अहिले सूर्य चिह्न बोकेर हिँड्ने कनौडियाको कदमलाई स्थानीयले ‘सत्तामोह’ को संज्ञा दिएका छन्, जसले गर्दा अभिषेकको पक्षमा इमानदार कार्यकर्ताको ठूलो पंक्ति गोलबन्द भएको छ ।
अभिषेकको बलियो पक्ष भनेको उनको अविचलित निष्ठा र युवा पुस्तामाझको लोकप्रियता हो । उनी दुई पटक सांसद हुँदा संसदमा मधेसका मुद्दा र विकासका सवालमा जसरी प्रखर रूपमा उभिए, त्यसले उनलाई राष्ट्रिय राजनीतिमा पनि स्थापित गराएको छ ।

नयाँ पुस्ताका मतदाताले उनलाई एक ‘भिजनरी’ नेताका रूपमा हेर्ने गरेका छन ्। कनौडियाको बहिर्गमनसँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा अभिषेक निर्विकल्प नेता बनेका छन्, जसले गर्दा पार्टीभित्रको गुटबन्दी अन्त्य भई संगठन झन् मजबुत देखिएको छ ।
यद्यपि, एमालेको संगठित शक्ति कनौडियाको पक्षमा उभिँदा अभिषेकलाई केही चुनौती थपिएको विश्लेषण गरिन्छ । तर, ४० वर्ष कांग्रेस हाँकेका नेताले एमालेको कार्यकर्तामाझ कत्तिको घुलमिल हुन सक्लान् र एमालेका कार्यकर्ताले उनलाई कसरी भोट हाल्लान् भन्ने संका अझै हटेको छैन। यसको विपरीत, अभिषेकका लागि आफ्नै पुरानो र भरपर्दो कांग्रेसको संगठन छ, जसले उनलाई तिन पटक विजयको स्वाद चखाइसकेको छ ।
तिन सफल कार्यकालको अनुभव र युवा जोसका साथ मैदानमा उत्रिएका शाहले यसपटक पनि चौथो पटक जित्ने  विश्वास कांग्रेस वृत्तमा बलियो छ । कपिलवस्तु–३ का मतदाताले अब अनुभव र निष्ठालाई रोज्ने कि अवसरवादलाई? यसको फैसला आगामी मतदानले गर्नेछ । तर, हालको जनलहर र राजनीतिक माहोल हेर्दा अभिषेक प्रताप शाह आफ्नो चौठो जितको नजिक पुग्दै गरेको सङ्केत देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर