कृष्णनगरमा राष्ट्रिय जनमोर्चाको २५ सदस्यीय प्रचार–प्रसार समिति गठन
कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–कृष्णनगरमा राष्ट्रिय जनमोर्चाको नगरस्तरीय भेला सम्पन्न भएको छ। भेलाले मोहम्मद सुलेमानको संयोजकत्वमा २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको छ।
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार केर सिंह ‘अ’ दै प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
राष्ट्रिय जनमोर्चा कृष्णनगर नगर समितिका अध्यक्ष मोहम्मद सुलेमानको अध्यक्षतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै ‘अ’ दैले गणतन्त्रको रक्षा, राष्ट्रियताको संरक्षण र संघीयताको खारेजीका लागि निरन्तर संघर्षरत दलका रूपमा राष्ट्रिय जनमोर्चा जनतामाझ स्थापित हुँदै गएको दाबी गर्नुभयो।
उहाँले जनताको ठूलो हिस्सा अझै पनि जमिन्दार र पूँजीपति वर्गको दबाब र डरमा रहेको उल्लेख गर्दै पार्टी कार्यकर्तालाई निडर भएर चुनावी प्रचार–प्रसारमा सक्रिय हुन आग्रह गर्नुभयो। साथै, उहाँले पार्टीको चुनावी घोषणापत्रका मुख्य विषयवस्तुहरूमाथि संक्षिप्त प्रकाश पार्नुभयो।
भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा निर्वाचन क्षेत्र नं. ३ का प्रचार–प्रसार समिति संयोजक केहर सिंह पुन मगरले क्षेत्रको संगठनात्मक अवस्था र चुनावी गतिविधिबारे जानकारी गराउनुभयो।
भेलाबाट गठित प्रचार–प्रसार समितिका सदस्यहरूमा जमाल मुसलमान, सलीम मुसलमान, सराज खान, विवेक कुमार, लालमणि भुसाल, तोपबहादुर बीसी, अनिल कुमार कहाँर, आदिल मुसलमान, यमकुमार महरा, लक्ष्मण भुसाल, शिव ठकुरी मल्ल, जीवकला बीसी, नयीम खान, सुल्तान अली, बब्लु मुसलमान, सफिक खान, फारुक मुसलमान, जमुरुल्ला मुसलमान, फरहाद मुसलमान, समीउल्ला मुसलमान, डब्लु मुसलमान, बाबु खान, प्रकाश भुसाल र निखा महिन खाँ रहेका छन्।
कार्यक्रमको सञ्चालन लालमणि भुसालले गर्नुभएको थियो भने स्वागत मन्तव्य निखा महिन खाँले राख्नुभएको थियो














