कपिलवस्तु – शिबराज नगरपालिका वडा नं ५ स्थित सहज बचत तथा ऋण सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष तुल्सा बुढाथोकिको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व वन मन्त्री अर्जुन कुमार केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्जुन कुमार केसीले सहकारीका सदस्यहरुलाई उत्पादनमुखी काम र व्यवसायिकतामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सहकारीको माध्यमबाट ऋण लिँदा फजुल खर्च नगरी, बचत र व्यवसायमा लगानी गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो । साथै, उहाँले समाज परिवर्तनमा सहकारीको भूमिका उल्लेख गर्दै, थोरै थोरै जम्मा गरेर बचत गर्ने बानीको विकास भएको बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामबहादुर चौधरीले महिलाहरु सहकारीमार्फत आत्मनिर्भर र व्यवसायिक बन्न थालेको कुरा उल्लेख गर्दै, सहकारी संस्थाले उत्पादनमूलक काममा बढी ध्यान दिनु पर्ने आवश्यकता व्यक्त गर्नुभयो ।
सहकारीका अध्यक्ष तुल्सा बुढाथोकिले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले सदस्यहरुलाई सहज सेवाप्रदान र सामाजिक कार्यमा सक्रिय सहभागिता जनाएको बताउनुभयो । उहाँले सहकारी मार्फत व्यवसाय विस्तार तथा क्षमता विकासका लागि अझै तिव्र रुपमा लागिपरेको वताउन भयो .।
कार्यक्रममा विभिन्न सघं सस्थाका प्रखुम तथा प्रतिनिधी, बिमा कम्पनिका प्रतिनिधी, सस्थाका पुर्व अध्यक्षहरु लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
उकृष्ट असल ऋण्ीाहरुलाइ सम्मान गरीएको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक कल्लु थारुले गर्नु भएको थियो ।














