पृथ्वी नारायण शाह को नजर मा साम्राज्य र
नेपाल मा घुसाइएको एमसीसी, संघीयता ,
केयर सिह अदै
पृथ्वी नारायण शाह नेपाल राज्य एकीकरण का निर्माता मानिन्छन्, उनको जन्म वि स् १७७९ साल पौष २७ गते गोरखा मा भएको हो, उनको जन्म हुँदा नेपालमा ५२ वटा भन्दा बढी स साना राज्य हरु मा विभाजित थियो । यी राज्य मा ठूला ले साना लाई जित्ने मनशाय थियो, भने पृथक बन्न समेत समर्थ हुन्थे, नेपालमा यो अवस्था हुँदा भारतमा ब्रिटिश साम्राज्य फैलिरहेको थियो, तिनीहरू को आँखा नेपालमा पनि परेको थियो, बुबा नर भूपाल शाह को वि स् १७९८ मा मृत्यु भए पछि पृथिबी नारायण शाह गोरखा राज्य को सिंहासनमा बसे, पृथिबी नारायण शाह को काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने तिब्र इच्छा थियो, उनले आर्थिक रूपले कमजोर पार्ने उद्देश्य ले उपत्यका र भोटे बीचको व्यापारिक बाटो नुवाकोट विजय गरी नाकाबन्दी गर्ने उद्देश्यका साथ नुवाकोट आक्रमण गर्न सेना पठाए, पूर्व तयारी विना गरिएको पहिलो आक्रमण असफल भयो । 
पृथिबी नारायण शाह ले यो पराजय भोगे पछि छिमेकी मुलुक हरु को स्थिति बुझ्ने, आवश्यक हात हतियार संकलन गर्ने उद्देश्य ले तीर्थ यात्रा गर्ने बहाना मा उनी केही भरिया पुरोहित सहित भारत बनारस तिर लागे, त्यहाँ बस्दा पृथिबी नारायण शाह ले भारतमा इस्ट इण्डिया कम्पनी ,ब्रिटिश साम्राज्य, भारतमा बढ्दै गइरहेको अशान्ति, अंग्रेज हरुको राज्य विस्तारको नीति, विर्तिश बाद शाह , जर्ज तृतीय, र चिनियाँ बादशाह चेनजुङ, को सम्बन्ध को बारेमा राम्ररी बुझ्न पाए, अब नेपाल का बाइसे चौबिसे राज्य हरुलाई एकीकरण गरी बलियो नबनाउने हो भने विर्तिस साम्राज्यवाद संग लड्न नसकिने, भारत बाट वृष्टिस साम्राज्य नेपाल जान्छ भन्ने उनको मन ले ग्यास गर्यो, र नेपाल एकिकरण गर्ने महान योजना बनाए , त्यही बेला काशी मा तीर्थ गर्न गएका पश्चिम जाजरकोट का राजा हरि शाह संग भेट भयो , दुवै ले गंगा जलमा बसेर एक सन्धि गरे , जसमा गोरखा र जाजरकोट राज्य ले सीमा विस्तार गर्दा एक अर्का लाई बाधा नगर्ने, अर्काको कुभलो नचिताउने कुरा गरे, उनी नेपाल फर्किए वि स् 1801 मा नुवाकोट विजय गरे,अन्य राज्यहरू क्रमसः विजय गर्दै गए, अन्तिम मा वि स 1826 मा भक्त पुर विजय गरी एकिकृत नेपाल को घोषणा गरेका थिए, र अन्तिम मा बिरामी भएको बेला आफ्ना भारदार हरुलाई बोलाएर प्रशिक्षण दिएका थिए, उनले नेपाल दुई ढुङ्गा बीचको तरुल जस्तो छ, दक्षिण तिरको बाद शाह महा चतुर छ, जाई कटक नगर्नु, झिकी कटक गर्नु, नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो, सबै लाई चेतना भया , भनेका थिए, उन को यो भनाइ लाई दिव्य उपदेश भनिन्छ, उनको मृत्यु वि स्।१८३१ मा भयो, पृथिबी नारायण शाह ले यो कुरा २५० वर्ष पहिले भनेका हुन, उनले जे भनेका थिए उही भयो ,ब्रिटिश साम्राज्य ले वि स्१८७१/७२
ल मा नेपालमा युद्ध सुरु गर्यो, दुई वर्ष घम शानं युद्ध भयो,अत्याधुनिक हतियार सहित आएका बिर्तिस अंग्रेज फौज संग नेपाल का वीर फौज हरु को पराजय भयो, फलस्वरूप वि स १८७२ सन् १८१६ मा नौ सुत्रिय प्रावधान राखी सुगौली सन्धि गरियो , त्यो सन्धि अनुसार नेपाल ले धेरै भूभाग गुमाउनु पर्यो, नेपाल बिस्तारै पराधीन हुँदै गयो,
अहिले को वर्तमान पृथिबी नारायण शाह ले एकीकरण गरेको नेपालमा MCC , संघीयता मेल नखाने प्रावधान हुन, तर विदेशी साम्राज्यवादले यहाँका दलाल हरुलाई किनेर यो घुसाएको छ, पुर्खाले लडेर बचाएको सानो भूभाग, पुर्खाले गरेको एकीकरण, नेपाल लाई साम्राज्य बादि शक्ति हरुले गिद्धे नजर लगाएका छन्, पहिले प्रत्यक्ष जमीन कब्जा गर्न
साम्राज्यवादी हरु आए भने अहिले सहयोग, विकास, पैसा को को लोभ मा फसाएर साम्राज्य बादि हरु घुसेका छन्, MCC पनि यही बाटो बनाउने, बिजुली निकाल्ने भनेर आयको छ, तर भित्री उद्देश्य चीन लाई घेर्ने हो , नेपालमा अफिस चाहिएको हो, पश्चिमा साम्राज्य बाद ले नेपालमा जातीय , धार्मिक लड़ाई गराउने, एनजीओ आई यन जी ओ मार्फत जातीय कुरा उचाल्ने, पैसामा क्रिश्चियन
बनाउने, काम हरु भित्री रूपमा गरी रहेका छन, पश्चिम साम्राज्य बाद ले नेपाल को बहु मूल्य चीज युरेनियम ,खनिज पदार्थ माथि पनि आँखा गाडेको छ, भने उता पृथिबी नारायण शाह ले एकीकरण गरेको सुन्दर नेपाल लाई संघीयता को नाम मा विभाजन गरिएको छ, विशेष गरी भारत ले तराई भूभाग लाई अलग गर्न खोजेको छ, भारत ले नेपाल माथि सीमा अतिक्रमण गर्दै गएको छ, कालापानी बाट अझै सेना हटाएको छैन, भारत नेपालमा भारतीय जनसंख्या बढाउन चाहन्छ,
यो वि सम परिस्थिति मा पृथिबी नारायण शाह ले एकीकरण गरेको सुन्दर नेपाल लाई बचाउने एउटै उपाय हो , MCC खारेज, संघीयता खारेज, भस्त चारी हरु लाई जेल चलान, किनकि पृथिबी नारायण शाह ले २५० वर्ष पहिले नै भनेका हुन् कि घुस लिने र घूस दिने दुवै सत्रु हुन,
यस कारण आज पृथिबी नारायण शाह को ३०३ औं जन्म दिवस को अवसरमा राष्ट्र राष्ट्रियता प्रति सबै को ध्यान जा वस, पृथिबी नारायण शाह प्रति श्र दा सुमन अर्पण गर्दछौ
केर सिंह अदै
कपिलवस्तु














