राष्ट्रिय पूँजीपति वर्ग धरासायी भएको बेला
मोहत्स ब को उद्देश्य , मनोरञ्जन मात्र,
केर सिंह अदै,
अहिले देश भर ,शहर बजार , गाउँ सम्म कृषि पर्यटन,तथा औद्योगिक व्यापार महोत्सव चलिरहेका छन्, हाम्रो चन्द्रौटा बजार मा पनि महत्सोव सुरु भएको छ, र यस लाई सफल पार्न व्यापारी हरु लागि परेका छन ।
वर्तमान अवस्थामा देशको अर्थतन्त्र धरासायी हुँदै गएको छ, देशको अर्थ तन्त्र लाई चलायमान बनाउने र्राष्ट्रिय पूँजीपति हुन, राष्ट्रिय पूँजीपति वर्ग देश को अर्थ तन्त्र को मेरुदण्ड हुन, राष्ट्रिय पूँजीपति वर्ग ले आफ्नै लगानी अथवा आफ्नै देशको लगानीमा उद्योग ,घरेलु उद्योग,मझौला उद्योग,कृषि फर्म हरु सञ्चालन गरेका हुन्छन्, देशको अर्थ तन्त्र धान्न रोज गारी को सिर्जना गरी देश लाई उन्नति तिर लगिरहेको हुन्छन्, यिनी हरुको संरक्षण, गर्ने, नीति नियम बनाइदिने ,उत्पादन,बिक्री वितरण लाई सहज बनाइदिने काम राज्य को हो ।
विडम्बना भन्नु पर्दछ ,की बहुदल आइसकेपछि निजीकरण को नीति ल्याइयो, निजीकरण पछि उदारीकरण, खुल्ला अर्थनीति को नीति ल्याइयो, यी नीतिको कारण ले गर्दा राष्ट्रिय पूँजीपति वर्ग को ठाउँमा दलाल पूँजीपति वर्ग ले मार्केट कब्जा गर्दै गयो, खुल्ला रूप ले नीतिगत रूपले दलाल पूँजीवाद लाई भित्राउने काम सरकार ले गर्यो, शिशु अवस्थामा रहेका राष्ट्रिय उद्योग, साना उद्योग, हरुलाई दलाल पुँजीपति वर्ग को उत्पादन ले निल्दै गयो, दलाल पूँजीवाद को बारेमा राष्ट्रिय पुँजीपति वर्ग ले चाँडै बुझ्दैनन्, व्यापारी वर्ग ,जनता हरुले पनि यस लाई ढिलो बुझ्दछन्, दलाल पूँजीवाद भनेको विदेशी पूंजी नेपाल मा लगाएर उद्योग खोल्ने,उत्पादन गर्ने ,वितरण गर्ने ,र आम्दानी बाहिर लैजाने हो, राष्ट्रिय पूँजीपति वर्ग भनेको नेपाल कै लगानी मा संचालित उद्योग हुन, जस् ले उत्पादन ,वितरण गर्दछन र फाइदा पनि नेपाल मै लगानी गर्दछन ।
आज दुई तरिका को समस्या ले गर्दा राष्ट्रिय पूँजीपति वर्ग,साना घरेलु उद्योग,मझौला उद्योग, कृषि फर्म हरु संकटमा छन, एक खुल्ला अर्थनीति र संघीयता को मार खुल्ल अर्थनीति बारेमा माथि बताई सकियो ।

संघीयता ले गर्दा पनि उद्योगी व्यवसायी हरुलाई मारमा पारेको छ, संघीयता धान्न कर वृद्धि, ऋण लिने जटिल प्रक्रिया,बैंक को चर्को ब्याज दर, दर्ता प्रक्रिया झन्जतिलो, उत्पादित वस्तुको बजारीकरण मा ग्यारेन्टी नहुने , दलाल पुँजीपति हरुले उत्पादन गरेको समान संग प्रतिस्पर्धा गर्न नसक्नु , आदि कारण ले राष्ट्रिय उद्योग कलकारखाना हरु संकटमा पर्दै गएको छन, विदेशी लगानी भएका कम्पनी हरु फस्टाउँदै गएको छन, अर्को तर्फ कृषि पशुपालन मा आत्म निर्भर हुँदै गइरहेको नेपालमा सरकार को खुल्ला अर्थ नीति ,छुट को कारण कृषि अर्थ तन्त्र पनि धराप मा पर्दै गएको छ, भारत को तरकारी ले नेपाली बजार कब्जा गर्दै गइरहेको छ, आज को दिन मा पनि चितवन फूल गोभि पाँच रुपैयाँ किलो भयर खतमै रोटाबेतर लगाइयको छ, कहिले दूध रोड मा फाल्ने , कहिले टमाटर रोडमा फाल्ने के कारण हो, उत्पादन धेरै भयर हो , हैन, यसको कारण को दलाल पुँजी बाद ले नेपाली कृषि अर्थ तन्त्र ,बजार कब्जा गर्ने , नीति का कारण हो, अर्को तर्फ सरकारको चार खम्बे नीति अन्तर्गत सहकारी संस्था हरु पर्दछन, सामूहिक लगानी, सामूहिक उत्पादन, सामूहिक वितरण यसको मुख्य उद्देश्य हुन्छ, यस लाई समाजवाद को जग पनि मानिन्छ, यस लाई ध्वस्त पार्न, बद्नाम गर्न पनि केही शक्ति लागि परेका छन्, सहकारी ध्वस्त पार्ने उद्देश्य विदेशी केही एनजीओ, आई एन जिओ हरु पनि छ, तर सरकार को नीति फितलो हुँदा आज सहकारी हरु पनि फस्टाउन सकी रहेको छैनन् ।
सही ठाउँमा लगानी छैन, गोरखा मीडिया मा ५ वटा ठूला सहकारीको पैसा गएको हाम्रो अगाडि छर्लङ्ग छ, यस कारण सरकारी पनि दलाल हरु को हात मा छ, जुन किसिमले सहकारी हरुलाई उत्पादन मा अगाडि बढाउन पर्ने हो त्यो राज्य को कमजोरी को कारण ले हुन सकिरहेको छैन, यस सम्पूर्ण उद्योग पती, व्यवसायी, व्यापारी, किसान, मजदुर हरु संगठित भयर खुल्ला अर्थ तन्त्र को नीति , दलाल पूँजीवाद को बिरुद्ध मा आवाज उठाउन पर्ने आज को आवश्कता हो, यस्तो अवस्थामा गाउँ गाउँ सम्म कृषि, पर्यटन,उद्योग,व्यापार,मेला को आयोजन गरिए पनि , मनोरञ्जन मेला मात्र हुन्छ,













