वडा नं. ३ मा विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप: १४ विद्यालयका विद्यार्थीहरूको प्रतिस्पर्धा

वडा नं. ३ मा विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप: १४ विद्यालयका विद्यार्थीहरूको प्रतिस्पर्ध

नवराज पौडेल कपिलवस्तु ,,
– कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ३ मा विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप तथा विद्यार्थी संग वडा अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रम वडा नं. ३ को आयोजना र दुर्गा भगवती मा.वि. नयावस्तीको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रममा नगरका सामुदायिक र संस्थागत विद्यालयका १४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।
कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरूको आयोजना गरिएको थियो, जसमा चित्रकला, वादविवाद र हाजिरी जवाफ प्रतियोगिता प्रमुख आकर्षण बनेका थिए।
वादविवाद प्रतियोगितामा:छात्र तर्फ:पहिलो: प्रवेश घिमिरे (गोल्डेन पार्कस एकेडेमी, खरेन्द्रपुर)दोस्रो: अब्दुल रहमान खान (दुर्गा भगवती मा.वि. नयावस्ती)तेस्रो: आर्यन सुनार (आधारभूत विद्यालय, मदवा)
छात्रा तर्फ:पहिलो: दिपिका भुसाल (दुर्गा भगवती मा.वि.)
दोस्रो: आयुसा पुन (गोल्डेन पार्कस एकेडेमी, खरेन्द्रपुर)तेस्रो: अनिता पोख्रेल (समयथान मा.वि.)

हाजिरी जवाफ प्रतियोगितामा:पहिलो: हंसवाहिनी एकेडेमी, खरेन्द्रपुर दोस्रो: समयथान मा.वि.तेस्रो: गोल्डेन पार्कस एकेडेमी
चित्रकला प्रतियोगितामा:छात्र तर्फ:
पहिलो: हंसवाहिनी एकेडेमी, खरेन्द्रपुरदोस्रो: मनोज तेलि (दुर्गा भगवती मा.वि. नयावस्ती)तेस्रो: भुवनेश्वोर गुप्ता (आधारभूत डकहिया)
छात्रा तर्फ:
पहिलो: गायत्री चौधरी (गोल्डेन पार्कस एकेडेमी, खरेन्द्रपुर)
दोस्रो: खुश्बु जैसवाल (हंसवाहिनी एकेडेमी)
तेस्रो: रुपा केवट (समयथान मावि.)


कार्यक्रमको समापनमा, शिवराज नगरपालिका का नगर प्रमुख अजय थापाले शिक्षा क्षेत्रको उन्नति र वडा नं. ३ को योगदानको सराहना गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तरता दिनुपर्ने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयहरूको समृद्धिको लागि अभिभावकहरूको योगदानको महत्त्व्पुर्ण रहेको मा  जोड दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै, नगर उपप्रमुख शिव कुमारी चौधरीले पनि शिक्षा र विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको विचार व्यक्त गर्नुभयो।
वडा अध्यक्ष टेकलाल सापकोटाले कार्यक्रमको आयोजना सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै, आगामी वर्षमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गरिने बताएका छन्।यस कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा र सीपको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ