प्रधानमन्त्रीमा बालेन शाहको शपथ मिति तय

प्रधानमन्त्रीमा बालेन शाहको शपथ मिति तय
रास्वपाका शीर्ष नेताहरूबीचको छलफलबाट सांसदहरूको शपथ १२ गते भएपछि वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तय भएको हो । मन्त्रीहरूको पनि शपथ प्रधानमन्त्रीसँगै हुने भएको छ ।

काठमाडौँ —
प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ ।

रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको हो ।

रास्वपा उपसभापति वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिने तय गरिएको हो । ‘चैत १२ गते सांसदहरूको शपथ हुन्छ, चैत १३ गते प्रधानमन्त्रीको शपथ हुन्छ,’ उपसभापति वाग्लेले भने ।

वाग्लेले पार्टीका चार नेताबीच ‘राजकाज’का सम्बन्धमा छलफल भएको यसअघि नै जानकारी दिएका थिए ।
सांसदहरूको चैत १२ गते दिउँसो २ बजे शपथ लिने कार्यक्रम तय भएको छ । सांसदको शपथ लिएपछि मात्रै प्रधानमन्त्रीमा शाहले चैत १३ गते शपथ लिने तय भएको हो ।
रास्वपाका शीर्ष नेताहरूको छलफलमा चैत १३ गते नै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर