शिवराजमा राजमो द्वारा मोटरसाइकल र्याली र १० ठाउँमा कोण सभा सम्पन्न  ।।

शिवराजमा राजमो द्वारा मोटरसाइकल र्याली र १० ठाउँमा कोण सभा सम्पन्न  ।।
लोक सञ्चार अनलाइन कपिलवस्तु ।।

कपिलवस्तु  राष्ट्रिय जनमोर्चा  शिवराज नगर समिति को  आयोजना मा संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न , प्रचारात्मक अभियान अन्तर्गत आज मोटरसाइकिल र्याली र नगर को १०  ठाउँमा कोण सभा सम्पन्न  भएको छ,   शिवराज ३ को नयाँबस्ती बाट राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले  कोण सभा लाई सम्बोधन गरी  अगाडि बढेको थियो,  यसै गरी भदौ खर्क को कोण सभा लाई राष्ट्रिय जनमोर्चा  जिल्ला सल्लाका र चेत नारायण खनाल ले सम्बोधन गर्नु भएको थियो, यसै गरी मानपुर को कोण सभा लाई जातीय समता समाज का जिल्ला अध्यक्ष दिल बहादुर विक ले  सम्बोधन गर्नु भएको थियो, थुनिया को कोण सभा लाई रक्तिम सांस्कृतिक अभियान का जिल्ला अध्यक्ष बेगम बुढा मगर र राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष राष्ट्रिय जनमोर्चा शिवराज १ का अध्यक्ष शिव प्रसाद थारु ले सबोधन गर्नु भएको थियो, सितलापुर चेत नारायण खनाल, लालपुर मा केर सिंह अदै, रुद्रपुर चोक मा अखिल नेपाल बुद्धिजीवी संघ का जिल्ला सदस्य  छन्द बहादुर के सी,  राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा शिवराज नगर समिति अध्यक्ष  केहर सिंह पुन  ले सम्बोधन गर्नु भएको थियो, यसै गरी वीरपुर   चेत  नारायण खनाल, गड गौडामा दिल बहादुर विक, ले सम्बोधन गर्नु भएको थियो,  चन्द्रौटा मा सम्पन्न कोण सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदै ले सम्बोधन गर्दै संघीयता खारेज तत्कालीन राष्ट्रिय आवश्कता भएको बताउनु भयो, उहाँले संघीयता बिरुद्ध संघर्स को इतिहास प्रष्ट्याउँदै संघीयता खारेज सबैको साझा मुद्धा बनाइनु पर्ने बताउनु भयो,
चैत्र २४ देखि ३० सम्म संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न सबै व्यापारी , बुद्धि जीबी  हरु लाई सहयोग गर्न अपिल गर्नु भयो, कार्य क्रम लाई राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष तथा शिवराज नगर समिति  अध्यक्ष केह र सिंह पुन ले पनि सम्बोधन गर्नु भएको थियो,  दसैँ ठाउँमा संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न  , प्रचार गर्न संघीयता बिरुद्ध  वाल पेन्टिङ  गरिएको छ,

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ