संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन लाई काठमाडौं बासीले गरे तारिफ यतिधेरै कार्यकर्ता रहेछन, भोट खै,को प्रश्न

संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन लाई काठमाडौं बासीले गरे तारिफ यतिधेरै कार्य कर्ता रहेछन, भोट खै,को प्रश्न

केर सिंह अदै,
राष्ट्रिय जनमोर्चा ले संघीयता बिरुद्ध यही चैत्र २४ देखि २८ सम्म काठमाडौं केन्द्रित आन्दोलन सम्पन्न गरेको, छ, यस भन्दा पहिले पनि २०६६ सालमा १० दिन सम्म संघीयता बिरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सम्पन्न गरेको थियो, राष्ट्रिय जनमोर्चा ले स्पष्ट रूप मा संघीयता नेपाली जनताको माग होइन, विदेशी डिजायन मा आयको हो, नेपाल को संदर्भ मा यो प्रणाली उपयुक्त छैन, खर्चिलो हुन्छ, महँगी बढ्छ, कर बढ्छ, आर्थिक बोझ हुन्छ, विखण्डन हुन्छ, विकेन्द्री करणको आधारमा स्थानिय स्वायत्त शासन मा आधारित एकात्मक शासन प्रणाली को पक्षमा२०६४ साल देखि सडक र सदन मा संघर्ष गर्दै आएको छ ।
अहिले राष्ट्रिय जनमोर्चा ले जिल्ला जिल्ला हुँदै संघर्स लाई राजधानी केन्द्रित गरेको हो, यस अघि १० दिन सम्म काठमाडौं मा रक्तिम सांस्कृतिक अभियान ले सडक सांस्कृतिक कार्य क्रम प्रदर्शन गरेको थियो, यो समयमा काठमाडौं मा चौतर्फी राष्ट्रिय जनमोर्चा को चर्चा भयो, हामीले धेरै जनता संग प्रतिक्रिया लिएका थियौं,

यस संदर्भ मा काठमाडौं बा सी ले राजमो को आन्दोलन लाई तारिफ गरेका छन्, राष्ट्रिय जनमोर्चा का कार्य कर्ता को त्यो अनुशासन, स्वयं सेवक हरु को मिलितेन्त अनुशासन, अघि पछि पुलिस प्रशासन नचाहिने, कार्य क्रम स्थल मा खसेका कागज,टुक्रा, पानीका बोतल,प्लास्टिक,स्वयं सेवक हरु ले उठाउने, कार्य क्रम सकिय पछि आफै सफाई गर्ने, अर्को तर्फ पुलिस प्रशासन ले समेत यो कार्य क्रम बात दंग परेर तारिफ गरेको राजमो स्वयं सेवक हरु ले बताएका छन ।

उनीहको सोचाइमा यत्रो भीड, यत्रो दिन, कसरी सुरक्षा दिने होला, कहीं न कहीं तोड फोड भयो भने, हानाहान हुन्छ, हामीलाई शास्ती हुन्छ, भन्ने ठानेका रहेछन, स्वयं सेवक हरु ले आफ्नो सुरक्षा आफै गर्दछौ भनेर जवाफ दिने गर्थे, यो आन्दोलन शान्ति पूर्ण हो ।

भन्दै जुलुस लाई सही दिशा निर्देश गर्दथे, आन्दोलन सकिने दिन मा प्रशासन ले हाम्रा स्वयं सेवक हरु संग यस्तो अनुशासित आन्दोलन काठमाडौं मा पहिलो पटक हो भनेका थिए, काठमाडौं बासी ले यति का धेरै कार्य कर्ता जनमोर्चा को रहेछन,भोट किन आउन्न, चित्र बहादुर केसी र मोहन विक्रम मरे पछि पार्टी सकिन्छ भन्थे हैनछ ।

हामीले बल्ल बुझिम, चित्र बहादुर लाई त पहिले नै चिनेको हो, यो पार्टी सही रहेछ, संघीयता अब आवश्यक छैन, तर ठूला पार्टी ले आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएको प्रदेश सरकार खारेज होला र , सानो पार्टी ले भनेर होला, जस्ता प्रश्न गरेका छन्,

दैनिक ५/७ किलोमीटर जति र्याली र पर्चा वितरण भय, दुवै तिर मानिसको भीड हुन्थ्यो, पर्चा पढ्थे, आन्दोलन को मोबाइल मा कैद गर्ने को लहर्नै हुन्थ्यो, कसैले ताली बजाए र, कसैले हात उठाएर समर्थन गर्थे, सही पार्टी यही हो, भस्ट चार नगरेको यही पार्टी मात्र छ ।

जनताले भोट दिन्नन् भन्ने कुरा पनि गर्थे, कतिपय ले राप्रपा पनि संघीयता खारेज गर्ने भन्दछ, मिलेर गए हुन्छ भन्थे, ठूला पार्टी भस्टचारी  ,चोर हुन् भन्ने आवाज सुनिथ्यो, कसै ले धेरै ले खानु भन्दा एउटैले खायोस् भन्थे, काठमाडौं बासी को ठूला दलको बदमासी, भास्ट चार र संघीयता बिरुद्ध छन, ठूला दल र संघीयता लाई कसैले सही ,राम्रो भनेको सुनिएन,
काठमाडौं बाहिर को जनता को बुझाई पनि अहिले ठूला दल र संघीयता को पक्षमा छैन ।
कांग्रेस एमाले एमाओवादी का कार्य कर्ता यस बारे बोल्दैनन्, पार्टीले कारबाही गर्दछ भन्दछन्,उन का समर्थक वा उनी हरु बात स्वार्थ लिएका हरुले संघीयता गलत हो भन्ने ठान्दछन्, , हुन् त हो के र खै  ।

भन्दछन्, कर्म चारी हरु भन्दछन् हामीले बोल्न मिल्दैन, नोकरी जान्छ, संघीयता ठीक छैन, कतिपय हाकिम हरुले संघीयता को बिरोध गर्नु संविधान बिरुद्ध हो, सहयोग गर्न मिल्दैन, व्यक्तिगत सहयोग गर्दछौ, कसैलाई भन्नु हुँदैन, संघीयता हटाउनु पर्छ, भन्दछन् ।
अधिकांस व्यापारी वर्ग प्रत्क्षय करको मारमा छन, प्रादेशिक संरचना ले झन्झटिलो बनाएको छ, उनी हरुले प्रस्ट रूपमा बुझेका छन, संघीयता को कारण असर परेको छ, खारेजी को पक्षमा छन, गाउँ घरका कतिपय किसान हरुले राजनीति बुझ्दैनन्, चासो दिँदैनन्, तर सरकार बात सन्तुष्ट छैनन्, धेरै ठाउँमा ठूला दल हरु को बिरोध गरेको सुनिन्छ, यी दल लाई जेल हाल्ने अर्को सरकार आइदिए हुन्थ्यो भन्ने गर्दछन, कहिले रवि, कहिले बालेन्, कहिले हर्क साम्पाङ, कहिले राजा आय हुन्थ्यो भन्दछन्, उनी हरुलाई राष्ट्रिय जनमोर्चा ठीक हो भन्ने बुझेका लाई छ, संघीयता को बिरोध गरेको थाहा छ, तर सरकार मा जान्न प्रधान मन्त्री बन्दैन भन्ने छ, राष्ट्रिय जनमोर्चा लाई गलत भन्दैनन्, एक सरकारको ठाउँमा सात सरकार हुँदा खर्च बढ्यो, कर बढ्यो, यस कारण संघीयता खारेज हुनु पर्दछ भन्ने कुरा उनी हरुले पनि बुझ्दै छन ।

कतिपय जनताहरू ,युवा हरु, यो पार्टी सानो छ, यसमा लागेर के गर्ने, सरकारमा जान्न, भनेर सरकारमा गएर काम गर्ने पार्टी खोज्दछन्, ठूला ठूला भ्रम पैदा गर्ने व्यक्ति खोज्दछन्, पछि लाग्दछन्, तिनी हरुलाई पनि थाहा छ कि राष्ट्रिय जनमोर्चा ले संघीयता को बिरोध गर्नु को कारण के हो, राष्ट्रिय जनमोर्चा लाई विरोध गर्न सक्दैनन्, समर्थन पनि गर्दैनन्, यस प्रकारका जनता हरु पनि बिस्तारै संघीयता बिरुद्ध को आन्दोलन लाई समर्थन गर्ने छन  । राष्ट्रिय जनमोर्चा लाई हेर्ने दृष्टिकोण, संघीयता बिरुद्ध आन्दोलन लाई हेर्न दृष्टि कोण, फरक फरक छ
कसैले हेरेर, कसैले देखेर , कसैले भोगेर संघीयता को आन्दोलन लाई हेरिरहेका छन । विश्लेषण गरिरहेका छन, अंत मा जनताले संघीयता भोगिरहेका छन, भोगेर नै फाल्ने छन,
धन्यबाद

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ