तुल्सिपुरमा ३ दिवशीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोह सुभारम्भ ।।
नवराज पौडेल कपिलवस्तु ,,
नेपाल सितेरियो कराते संघ, केन्द्रीय कमिटीको आयोजनामा आइतबार तुल्सिपुरमा ३ दिवशीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोह सुभारम्भ गरिएको छ । आइतवारबाट सुरु गरिएको दीक्षान्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले गर्नुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिव २ सय
कराते खेलाडीको सहभागीता रहेको थियो । दीक्षान्त कार्यक्रमलाई दुई चरणमा गर्ने योजनासहित पहिलो चरणमा प्रदेशका ६ जिल्लाहरु रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाचीका खेलाडीलाई बुटवलको कार्यक्रममा समावेश गरि सकेको र हाल दोस्रो चरणको बाकि जिल्लाका खेलाडीहरुलाई समावेश गरि कार्यक्रम गरिएको संघका प्रदेश अध्यक्ष सन्तोष सिंहले बताउनु भयो । उहाँले प्रदेशले र्राष्ट्रिय स्तरको कार्यक्रमका लागि प्रदेश बाट बजेटको ब्यास्थापन गर्न माग गर्नुभयो ।
सो अवसरमा सहभागी खेलाडीहरु मध्ये १ सय जनालाई फष्ट र सेकेण्ड डन तथा बाकिलाई थर्ड डनमा अपग्रेडिङ गरिएको संघले जनाएको छ ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बोल्दै राष्ट्रिय खेलकुद परिषदका लुम्बिनी प्रदेश सदस्य सचिव तिरणदाज गौतमले राष्ट्रको विकास र खेल गतिविधि बढाउनका लागि खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको हुदा उनीहरुले नै खेल संस्थाहरुको नेतृत्व गर्नु पर्ने बताउनु भयो ।
उहाले नेपालको खेलकुदको क्षेत्रमा कराते खेलको विशिष्ठ स्थान रहेको र अन्तराष्ट्रिय स्तरमा पदक दिलाउने विधा भएको हुदा यसलाई विकृत नेतृत्वबाट मुक्त राख्न आफु लागेको बताउनु भयो । उहाले यो खेल अनुसासित खेल भएको हुँदा खेलाडीहरुले अनुशासनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कराते महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदम बहादुर बस्नेत, नेपाल सितोरियो कराते संघका केन्द्रिय सद्स्य हरि बहादुर घर्ती, नेपाल गोजुरियो कराते संघका केन्द्रिय सदस्य केशवराज बिक, तेक्वान्दोका जित बहादुर केसि लगाएको सहभागीता रहेको थियो ।
नेपालसितेरियोकरातेसंघलुम्बिनीप्रदेशअध्यक्षसन्तोषसिहकोअध्यक्षतामासुरुभएकोथियोेभने , प्रदेश सचिव मोहलाल थापा मगरको सञ्चालन र प्रदेश सदस्य मधुसूदन घर्तिले स्वागत मन्तव्यराख्नु भएको थियो














