शिवराज–५ चन्द्रौटामा गुणस्तरहीन सडक निर्माण, ४० लाखको योजना लापरबाहीमा
कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा शहरी र्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको सडकमा चरम लापरबाही भएको छ। ४० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त सडकमा मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग गरिएको स्थानीयले आरोप लगाएका छन्। निर्माणको जिम्मा पाएको राधा रोशन निर्माण सेवा कपिलवस्तुले
सडकमा पिच गर्ने नाममा ठेकेदार कम्पनीले ठूल्ठूला ढुङ्गा, च्यातिएका बोरा, रुखका जरासहितको माटो हालेर निर्माण गर्न थालेपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। सडक निर्माण स्थलमा कुनै प्राविधिक नहुनु, अनुगमनको पूर्ण अभाव र ठेकेदारको मनपरीले योजनाको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ।
हामीले कर तिरेर पाएको विकास यसरी गुणस्तरविहीन बनाइँदैछ भने जनतामाथिको ठट्टा हो,” एक स्थानीय बासिन्दाले बताए। ठेकेदार कम्पनीले मुनाफाको लोभमा न्यून गुणस्तरको सामग्री प्रयोग गरेको स्थानीयको गुनासो छ।

हाल सम्म कुनै निकाएले अनुगमन नगरेको विषयले प्रशासनकै भूमिका पनि शंकास्पद बनाएको छ। जनताको पैसा यसरी लापरबाहीका साथ खर्चिनु गम्भीर प्रश्नको विषय बनेको छ।
४० लाखको लागतमा निर्माण गर्न लागीको सडकमा एउटा सुचना बोर्ड समेत राख्न नसक्नु भन्दै स्थानीयहरूले तत्काल निर्माण कार्य रोक्न, गुणस्तरीय पुनर्निर्माण गर्न र जिम्मेवार निकाय तथा ठेकेदारमाथि छानबिनको माग गरेका छन्। सार्वजनिक रकमको दुरुपयोग र यस्तो लापरबाहीविरुद्ध जनप्रतिनिधि र सरोकारवाला निकायको तत्परता अत्यावश्यक छ।
यता ठेकेदार रोशन एम सि ले निर्माण कार्य जारी रहेको भन्दै मालपोत पछाडिको बाटो को माटो प्रयोग गरेको स्विकार्दै गलत भएको बताउदै ठुला ढुङ्गा तथा कपडा र बोराको टुक्रा सफा गरि निर्माण गरिने बताएका छ्न ।














