कामदारबाट मालिकसम्म: चप्पल उद्योगद्वारा नवीन अर्यालको सफल यात्रा
नवराज पौडेल लोक सञ्चार मिडिया प्रा.लि ।
“मेहनत कहिल्यै खेर जान्दैन” भन्ने भनाइलाई साकार बनाएका छन् यहाँका एक युवा उद्यमी नवीन अर्यालले। कुनै समय यस्तो थियोे जुन बेला उनी अरूकोमा काम गरेर गुजारा चलाउने नवीन, आज आफ्नै उद्योगका मालिक बनेका छन् – त्यो पनि स्वदेशमै, आफ्नै गाउँमा।
शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुर बस्दै आइरहेकाअ ४० वर्षका अर्यालले जीवनको लामो समय विभिन्न ठाउँमा काम गर्दै बिताए। “कामदार भएर धेरै सिकेँ, तर सधैं अर्काको भरमा बस्दा आत्मसम्मान गुमेझैं लाग्थ्यो,” उनी भन्छन्। यही सोचले उनलाई केही आफ्नै गर्ने हुटहुटी लाग्यो ।
उनी अहिले वडा नम्बर ३ को खरेन्द्रपुरमा चप्पल उत्पादन गर्ने एक सानो उद्योग सञ्चालन गरेका छन । सुरुमा थोरै पूँजी, धेरै जोश र आत्मविश्वासका साथ उनले यो उद्योगको थालनी गरे। सुरुमा चुनौतीहरू थिए – कच्चा पदार्थको जोहो, बजारको खोजी र दक्ष जनशक्ति व्यवस्थापन – तर उनी पछि हटेनन्।
अहिले उनको उद्योगमा ५ जना स्थानीय युवा स्थायी रुपमा रोजगारमा छन्। “काम पाएपछि गाउँमै बसेर परिवार चलाउन सकिन्छ भन्ने उदाहरण हौं हामी,” भन्छन् त्यहाँ काम गर्ने एक श्रमिक।
नवीनले उत्पादन गरेका चप्पलहरू स्थानीय बजारमा लोकप्रिय हुँदै गएका छन्। उनले बुटवल तथा काठमाडौंका विभिन्न डिलर हरुलाइ उत्पादन गरेका चप्पल पठाउने बताए । अहिले भ्याइ नभ्याइ छ ।
अब उत्पादनको स्तर र परिमाण बढाउने योजना बनाएका छन्। “अबको लक्ष्य हो – गुणस्तरीय उत्पादनसहित जिल्लाबाहिर पनि बजार विस्तार गर्ने उनको योजना सफल पार्नका लागि अझै एउटा मेसिनको जोहो गर्न परेको उनी बताउछ्न । उनले भने अझै एउटा मेसिनको जोहो भएमा करिब २०-२५ जनालाइ सम्म रोजगारमा जोड्न सकिन्छ ।
उद्योगको सफलताले स्थानीय तहलाई पनि प्रेरणा दिएको छ। शिवराज नगरपालिकाले पनि यस्ता लघु उद्यमहरूलाई प्रोत्साहन गर्ने योजना अघि सार्दै हाल स्टाटप बिजनेस सुरु गर्ने उधमीलाइ ५ लाख रुपैयाँ प्रदान गर्ने सुचना प्रकाशित गरेको छ । तर नवीन लाई भने सुचनाको बारेमा जानकारी छैन । आफ्नै नया उधोगमा ब्यास्त रहेका अर्यालले नगरपालिकाको सुचना बारे जानकारी नपाउनु स्वभाविक नै हो ।
उधोग अनुगमनका लागि पुगेका वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले अर्याललाई स्टार्ट अप बिजनेशको लागि नगरपालिकामा प्रकाशित गरिएको सुचनाको आधारमा कागजात पेश गर्न जानकारी गराउदै नियम अनुसार पालिकाबाट ऋण लगानी गर्ने प्रतिवद्द्ता जनाए ।

अर्यालजस्ता युवाहरूले गाउँमै रोजगारी सिर्जना गरेर, आत्मनिर्भरता हासिल गर्ने सोच बनाइ अरूलाई पनि सपना देख्ने आँखा दिएका छन्। उनी भन्छन्, “देशमै केही गर्न सकिन्छ, हिम्मत र लगन चाहिन्छ।”।














