शिवराज नगरपालिकाको कार्य प्रणाली र जनप्रतिनिधिहरुको टिप्पणी ।।
केर सिंह अदै
हाम्रो शिवराज नगरपालिकाको विकास सुशासन , शिक्षा स्वास्थ्य ,कृषि मा राम्रै विकास र काम को प्रयत्न भएको छ । अन्य क्षेत्रमा पनि काम भएका छन् । काम हुँदा हुँदै पनि कमजोरी हरु धेरै देखिन्छन् । यसलाई । नगरपालिकाको साथै जनप्रतिनिधि हरुलाई आलोचना र सुझाव को रूपमा कमजोरी हरु यस लेखमा प्रस्तुत गरिएको छ । सम्बन्धित निकाय , पाठक वर्ग ले सकारात्मक रूपले नै लिनु हुने छ , भन्ने आशा व्यक्त गर्दछु ।
१
भौतिक निर्माण, नगरपालिका को सबै भन्दा धेरै रकम सडक भौतिक निर्माणमा खर्च हुने गर्दछ, प्रदेश ले पनि भौतिक निर्माण मा खर्च गरेको छ । विगत १० वर्ष यता नगर पालिका को सबै ठाउँमा बाटो पुगेको छ, तर विडम्बना ती करोडौं खर्च गरेर ठेकदार मार्फत बनेका अधिकांस सडक भत्किए का छन, कालो पत्रे उपकियको छ, कहीं दुई पटक , कहीं तीन पटक पुन निर्माण भए, कहीं हुँदैछन् ।
आखिर यस्तो सडकको हालत किन भयो , यसको समीक्षा छैन, गाउँको ६००/ ७०० मीटरको बाटो बनाउँदा ३ वर्ष सम्म बजेट हालिन्छ, कतिपय ठाउँमा नाली नबनाइकन कालो पत्रे गरिन्छ ।
अर्को वर्ष देखि नाली सुरु गरिन्छ,नाली पुरा हुँदा कालो पत्रे उप्पकियर गएको हुन्छ, यस्तो ठाउँ ठाउँमा देखिएको छ, उपभोक्ता मार्फत १० लाख सम्म को काम गर्ने नियम छ, तर दुई तीन वर्ष यता हेर्दा उपभोक्ता को काम मा कोही उपभोक्ता समिति सन्तुष्ट छैनन् ।
सबै घाटामा गए, कारण उपभोक्ता को काम सामूहिक भयो, निगरानी भयो, काम राम्रो भयो, श्रम दान खासै सबै ठाउँमा हुदैँन ठूला सडक ठेकदार ले बनाउँछन् । नगरको निगरानी, जन प्रतिनिधि हरु को निगरानी मा हुने गरेका छन्, कागज मिलान पनि उनीहरूले नै गर्ने हुन, नयाँ राम्रो हुँदा हामीले बनाएको भने र निकै फोटा सहित प्रचार हुन्छ, सबै ले ताली बजाउँछन ।
जब एक वर्ष नपुग्दै सडक बिग्रिन्छ, तब खाए खाए कति खाए, मिलेर खाए, भन्दै जनता गुण गुना उँछन ।ठेकदार भाग्छन्, जन प्रतिनिधि हरु बोल्दैनन्, नगर भरी को अवस्था यही हो
२ कृषि ,पशु , विकास शाखा र सहकारी
कृषि , पशूमा उत्पादन बढाउन, कृषक अनुभवी हुनु पर्दछ, अनुभवी हुन लाई तालिम , शिप चाहिन्छ, उत्पादन गरेको वस्तु बेच्न लाई बजार चाहिन्छ, कृषक लाई चाहिने मल , बीउ , सिचाई को व्यवस्था हुनु पर्दछ, यी चिजमा कृषि विकास तथा पशु विकास शाखाले कत्तिको ध्यान दिएका छन, त्यसैमा निर्भर हुन्छ, कृषि र पशु शाखाको योजना पुरा गर्न लाई गाउँ गाउँ का कृषि सहकारी, समूह, दुग्ध उत्पादक सहकारी, कृषि पकेट क्षेत्र, व्यक्तिगत फार्महरु सहयोगी हुन,उनी हरु लाई परिचालन गरेर , सामूहिक उत्पादन गर्न सकिन्छ, उत्पादन का आधार हरु खोज्न सकिन्छ, यहाँ करोड रुपैयाँ बजेट लिएर कृषि विकास बसेको हुन्छ, करोड लिएर पशु विकास शाखा बसेको हुन्छ, र अनुदान मा समान वितरण गर्ने, बीउ वितरण गर्ने, कृषक ,पशुपालन का उत्कृष्ट लाई अनुदान दिने काम गरेको देखिन्छ । यो परम्परागत उत्पादन लाई टेवा दिने नै हो ।
सामूहिक उत्पादनमा कसैको ध्यान छैन, पकेट क्षेत्र पनि सही संग चलेका छैनन्, तरकारी संकलन केन्द्र पनि सही संग चलेका छैनन्, खुल्ला अर्थ नीति ले गर्दा भारतको तरकारी ले
बजार लिएको छ, नेपालको उत्पादन सिजन मा ५ रुपैयाँ किलो गोभि, ५ रुपैयाँ किलो टमाटर बिक्दैन, यो मुख्य समस्या रहेको छ ।
कृषि र पशु विकास शाखा ले कृषि सहकारी , समुह, पकेट क्षेत्र, उत्पादक फर्म र एग्रोभेट सञ्चालक हरु संग कुनै सल्लाह सुझाव, लिँदैनन्, समीक्षा गर्दैनन ।
वडा ले पनि कृषि को बजेट छुट्याउँछ, आफै समान किनेर दिन्छन्, बीउ बिजन आफै बाँड्छन्, गाउँ गाउँमा सहकारी छन, संकटमा छन्, सहकारी नियम, पालन, कंप्यूटर अनिवार्य, घर भाडा, कर्मचारी तलब, कर , अडिट खर्च, सामान्य खर्च
धेरै सहकारी संकटमा छन्, कृषि सहकारी संस्था ले मल बेच्ने हो, त्यही पनि थोरै आउँछ, माग धेरै हुन्छ, ऋण संस्था , महिला संस्था हरुले पनि कृषि मल बेच्छन्, कृषि सहकारी संस्था हरु आफ्नो उद्देश्य अनुसार चल्न सकेका छैनन, नगरको सहकारी सञ्जाल ले पनि कुनै काम गर्न सकेको छैन, योजना ल्याउन सकेको छैन, एक लौटि जस्तो छ । कृषि र पशु विकास को सिर्जनात्मक ढंग ले विकास गर्ने हो भने रोजगार सिर्जना हुन्छ, तर नियम परिवर्तन को खाँचो देखिन्छ ।
३, सिँचाइ कुलो नहर को अवस्था,, कृषि उत्पादन को लागि सिचाई पहिलो हो, हाम्रो नगरपालिका मा के कति कुलो नहर छन, तिनी हरु लाई कसरी प्रयोग मा ल्याउने यो नगर को योजना मा पर्नु पर्दछ, हाम्रो नगरको मुख्य सिचाइ को रूपमा रहेको जवाई सिचाई नहर हो , यो शिवराज ३र ४ को सिमाना मा बाँध छ, वडा नं ११ को सेखुनियमा ताल बन्छ ।
र ताल देखि बुद्ध भुमी नगर पालिका र दक्षिण भेग सिंचाई हुन्छ, विडम्बना यो नहर जीर्ण बन्दै गएको छ, ठाउँ ठाउँमा माटो ले पुरिएको छ, झार पात ले भरिएको छ, २५ वर्ष देखि यस मा बजेट को हल्ला भयो , २७ करोड, ११ करोड, ९ करोड को हल्ला सुनियो, आज सम्म यस मा काम हुन सकेको छैन, गत वर्ष १० लाखमा बाँध वारीपरी माटो फाल्ने काम नगर पालिका बाट भयो, प्रचार धेरै गर्ने काम नगर्ने भएको छ, शिवपुरको कुलो पनि नदी दोहन को कारण ,बन्द भएको जन गुनासो छ, चल्न सकेको छैन, जन गुनासो छ, बोरिङ कतिपय वडा मा छन , तर नलका सुक्ने समस्या ले जनता चिन्तित छन, । बेल्नदी को पानी जवाइ मा हालेर सिचाई लाई दिर्घकालीन बनाउने योजना माजानु पर्दछ, सबैको ध्यान जानु आवश्यक छ ।
४ . सामाजिक विकास , तालिम,र रोजगार,,,
नगर पालिका ले सामाजिक विकास , तालिम, रोजगार को लागि विभिन्न शीर्षक मा बजेट छुट्टा एको हुन्छ, र यस अन्तर्गत कार्य क्रम सञ्चालन गरेको हुन्छ, वडा ले पनि यस शिर्षकमा बजेट छुट्याएको हुन्छ, यस अन्तर्गत महिला, उत्थान कार्यक्रमहरू खासगरी दलित, पिछडावर्ग, अपाङ्ग तथा आर्थिक रूपले निम्न वर्गका व्यक्तिहरूले प्रत्यक्ष रूपमा अनुभूति गर्ने खालका हुनुपर्छ। आफ्नै समुदायबाट उदाएका अगुवाहरू नै ती कार्यक्रमका प्रमुख अभियन्ता हुनु आवश्यक छ।
यद्यपि, स्वरोजगार, घरेलु उद्योग आदिबारे धेरै कुरा गरिए पनि यस्ता उद्योगहरू प्रायः नगरपालिकाको मातहतमा सीमित मात्रामा सञ्चालित छन्। अन्य संस्थाहरू—जस्तै गैसस (NGO), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO)—द्वारा सञ्चालित कार्यक्रमहरूको पहुँच पनि स्पष्ट रूपमा देखिँदैन।
निम्न वर्गले अनुभुती लिने गरि कार्यक्रम हुने गरेको छैन ।
५ . मेला, पर्व र सांस्कृतिक परम्परा
नेपाल विभिन्न जातजाति तथा संस्कृतिको संगम भएको देश हो। यहाँका सबै जातजातिका आफ्ना छुट्टै सांस्कृतिक विशेषताहरू छन्। हरेक जातजातिका पर्व, रीतिरिवाज, धर्म, परम्पराहरू आजसम्म पनि चलनमा रहेका छन्।
विगतमा बाजे–बुजुर्गको पालामा चाडपर्वहरू सरल ढंगले मनाइन्थ्यो। उदाहरणका लागि, तीजको अवसरमा छोरीहरूले आमाको घरमा गई दर खाने, चेलीबेटीले दुःख–सुखका गीत गाउने चलन थियो।
तर अहिले तीज महिना दिन अघिदेखि नै मनाइन्छ। होटल–पार्टी प्यालेसमा महंगा कार्यक्रमहरू आयोजना गरिन्छन्। चाडपर्वहरू अत्यधिक खर्चिलो, भड्किलो र प्रदर्शनमुखी बन्दै गएका छन्।
अहिले चाडपर्वहरूमा देखिएको उपभोगवादी प्रवृत्तिले समाजमा नयाँ किसिमका विवाद, आर्थिक तनाव र असन्तुलन सिर्जना गरिरहेको छ।
त्यसैले, समाजमा बढ्दो विकृति, विषमता र असमानतालाई न्यूनीकरण गर्नका लागि नयाँ सोचसहित सुधारात्मक कदमहरू चाल्न आवश्यक देखिन्छ। मेला पर्वको महिनौ सम्म गरिने क्रियाकलापले नया पिडि बिग्री रहेको छ्न ।
आम्दानी भन्दा खर्छ १० गुणा बढी छ । अधिकान्श मानिसका लालपुर्जा बैक तथा बित्तीय सस्थामा छ्न । यो समाजको समस्या वन्दै गएको छ । समाजलाइ गलत दिशामा धकेलिरहेको छ । यसलाइ रोक्न पालिकाले उपाए खोज्न आवश्यक छ ।
६) सार्वजनिक स्थालको अवस्था : शिवराज नगरपालिका भित्र रहेका सार्वजनिक स्थल , मन्दीर, पाटी पौवा, गूठी जमिन , खोला नाला र वनलाइ संरक्षण गर्नु यसको परिचालन गरि आम्दानी लिनु जननालाइ सहज तुल्याउनु नगरपालिकाको काम हुन्छ । यसमा खासै ध्यान गएको पाइदैन । मन्दीर निर्माणमा बर्सेनि लाखौं रुपियाँ विनियोजन गरिन्छ । प्रदेश , पालिका सङै वडाबाट समेत यसमा बजेट विनियोजन गरिन्छ काम हुन्छ तर यसको पार्दशिता भने भएको पाइदैन । कहिँ कतै मन्दीर आसपासमा लागु औसध , र धूम्रपान तथा मध्पान गर्ने को जमगढ रहेको पनि पाइन्छ । खोला नालाहरु सहि समयमा नखुल्दा जनताहरु महगोमा ल्याउन बाध्य भएका छ्न ।
७ . कर वृद्धि महङ्गी नियन्त्रण : नगरको मातहतमा हुँदैन । नगर पनि प्रदेश र केन्द्रको नियममा चल्नु पर्दछ । तर नगरपालिकाले आफ्नै नियम बनाइ भित्रि सडको पनि ३०० मिटर वरपर घडेरी किटान गरेर ४० हजार मुल्यको जग्गा लाई ६ लाख बनाएर किन्ने र बेच्ने दुबैलाइ कर लगाएर जनतको ढाड सेक्ने काम भएको छ । यसलाइ सच्याउन आवश्यक छ ।
(८) टोल बिकास सस्था : नामको मात्र रुपरेखा देखिएको छ ।वडाको काम एन्जिओ आइ एन जिओले गरेका कामको साक्षी बसिदिने जस्तो भएको छ । टोल बिकास सस्थाले नत योजाना बनाउछ नत माग्छ , नत टोलमा आएका योजनाका काम गरेको छ । नत टोलका समस्या समाधान गर्छ , नत आर्थिक स्रोत नै जुटाउन सक्छ । टोल बिकास सस्थाका काम कर्तव्य र अधिकार लाई वडा अध्यक्ष तथा वडा सद्स्यहरुले नै गरेका छन यसमा सुधार हुन जरुरी छ ।
९ . गास बास कपास शिक्षा स्वास्थ रोजगार जनाताको आधारभुत आवश्यकताहरु हुन यी समस्या राज्यको नितिबाट हुने कुरा हो । यो ब्यावस्थाले यी समस्या समाधान गर्न सक्दैन । नगरपालिकाले राज्यको नितिमा रहेर जनताको समस्या समाधान गर्ने प्रयत्न गर्ने हो । हाम्रो नगरपालिकाले शिक्षा र स्वास्थ्यमा राम्रो कामको सुरुवात गरेको छ । शिक्षा र सीप दक्षता युवाहरूले हाशिल गरे पनि रोजगारको ठाउँ छैन । र स्थान पनि छैन । सिमित मात्रामा काम गरेको पाइन्छ । विकल्प भनेको वैदेशिक रोजगार नै हो । सुकुम्बासी समस्या समाधान हुने सकिरहेको छैन । गणतन्त्र आएको १० औं वर्ष सम्म पनि जस्तापाता वितरण गर्ने कार्य हुँदैछ । यसले सुकुम्बासीको अवस्था र जनताको अवस्था छर्लङ्ग बुजिन्छ । जस्तापाता वितरण गर्ने काम सक्नु पर्दछ ।यी समस्या राज्य को नीति बाट समाधान हुने हो ।
(१०) सार्वजनिक सुनुवाइ कार्यक्रम औपचारिकता पूरा गर्ने काम मात्रै भएको देखिन्छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा विपक्ष द्ल , फरक बिचारका मान्छे , समाजसेबि , बुद्धिजिवि, नागरिक समाज , संघ सस्थाका अगुवाहरु, आम जनताको उपस्थिति न्यून देखिन्छ । सुचनाको अभावले यो समस्या भएको हो ।
(११) जन प्रतिनिधिहरु जनता बाट निर्वाचित भएका हुन बिकास निर्माण र समाज परिवर्तनमा उहाँहरुको हात हुन्छ । उनिहररु जनताका अगुवा हुन । विनियोजित रकम पूरा गराउने काम पनि उनिहरुकै हो । तर व्याक्तिबादी प्रचार बाजि र सस्तो लोकपि्रयता जस्तो देखिन्छ । जहाँ सडक मन्दीर लगाएतका निर्माणका काम हुन्छ्न जनप्रतिनिधि र उनिहरुको समर्थकहरुको फोटो सामाजिक संजालमा आउँछ हामिले बनाएको भनी प्रचार गर्दछन । जनताले ताली बजाउछ्न । जब १ वर्ष नहुदै सड्क भत्किन्छ्न उप्किन्छ्न , जनताले ठेकेदारले पैसा खाएर बाटो बिगृयो भन्दै हिड्छ्न । जन प्रतिनिधिहरु भने जवाफ बिहिन हुन्छन् । र जिम्मा पनि लिदैनन । कैयौं सार्वजनिक ठाउँमा समेत आफ्नो नाम लेखेको पाइन्छ । उदाहरणको लागि खरेन्द्रपुरमा रहेको पृथ्वीनारायण नारायण शाहाको शालिक , सुपादेउराली मन्दीर, स्वर्गद्वारी आश्रम लगाएतका ठाउँमा देख्न सकिन्छ । जुन संरचना सरकारि बजेट बाट निर्माण भएका हुन । सार्वजनिक तथा धार्मिक स्थलहरुमा ब्याक्तीका नाम लेख्नु र ब्याक्तिगत प्रचार गर्नु गलत भएको जनगुनासो समेत आएको छ । । समग्रमा सबै समुदाय संघ सस्था, नागरिक समाज , संचारक्रमी, फरक बिचारका ब्याक्ती , बुद्धि जिबि सबैलाइ समेटेर राय सुझाव लिने काम हरुमा कमि देखिएको छ ।
लेखक : राजमो कपिलवस्तु जिल्ला सचीव हुनुहुन्छ ।














