कपिलवस्तुमा पूर्व शिक्षा शाखा प्रमुख शिवराज सुबेदी पक्राउ, १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहारको आरोप ।।

कपिलवस्तुको शिवराज नगरपालिकाका एक पूर्व शिक्षा शाखा प्रमुख १५ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विजयनगर गाउपालिकाको पुर्व शिक्षा शाखा प्रमुख समेत रहेका शिवराज सुबेदीलाई प्रहरीले यौन दुव्र्यवहारमा पक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घरमा श्रीमती र परिवारका अन्य सदस्यहरू नभएको समयमा उनले घरेलु कामदारका रूपमा राखेकी बालिकामाथि बारम्बार दुर्व्यवहार गरेको पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।

पीडित बालिका प्युठान निवासीहुन्। उनलाई शिक्षकले “पढाइ र बसाइको व्यवस्था गरिदिन्छु” भन्ने प्रलोभन देखाएर करिब १३ महिनादेखि आफ्नै घरमा राख्दै आएका थिए।

शिवराज सुबेदीले विभिन्न विद्यालयमा प्रधानाध्यापक हुँदै पालिकाको शिक्षा शाखा सम्हालेका थिए । उनले दुई वर्षअघि सेवा अवकाश लिएका थिए । उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटना सम्बन्धी थप विवरण संकलन भइरहेको छ र बालिकाको स्वास्थ्य परीक्षण समेत गरिएको छ।
प्रहरी स्रोतका अनुसार, प्रमाण संकलनपछि मुलुकी अपराध संहिताअनुसार कानुनी कारबाही अघि बढाइनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ