बिश्व कुष्ठरोग दिवसको अवसरमा शिवगढीमा निशुल्क छाला रोग शिविर..

बिश्व कुष्ठरोग दिवसको अवसरमा शिवगढीमा निशुल्क छाला रोग शिविर समपन्न भएको छ । शिवराज नगरपालिका बडा नं ९शिवगढीमा कुष्ठरोगको ओखती छ सामाजिक लान्छन बिभेद मुख्य चुनौती भन्ने मुल नारा साहित आयोजना गरीएको शिविरबाट स्थानीय ७६ जनाले लाभ लिएका छन ७६ जनामा दुई जनामा कुष्ठरोग पुष्टि भएको छ भने दुई जनालाई थप उपचारका लागी बुटवल पठाईएको छ । पुष्टि भएका दुई जनालाई आजैबाट रोगको औषधी चलाईएको स्वास्थ्य चौकीले जानकारी दिएको छ ।

शिवगढी स्वास्थ्य चौकीको भवनमा शनिबार बिहान दश वजेबाट ४ वजेसम्म चलेको शिविर द लेप्रोसी मिसन नेपालको सहयोग र स्वासथ्य कार्यालय कपिलवस्तुको आयोजनामा समपन्न भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ