शिवराज नगरपालिकामा हाईमास्ट लाइट जडान कार्य प्रारम्भ, मुख्य चोकहरू उज्यालो हुँदै ।

शिवराज नगरपालिकामा हाईमास्ट लाइट जडान कार्य प्रारम्भ, मुख्य चोकहरू उज्यालो हुँदै ।।
नवराज पौडेल लोक सञ्चार अन्लाईन

नगरको सौन्दर्य, सुरक्षामा वृद्धि र रात्रीकालीन जीवनशैलीलाई सहज बनाउन शिवराज नगरपालिकाले नगरका प्रमुख चोकहरूमा हाईमास्ट लाइट जडान गर्ने कार्य औपचारिक रूपमा सुरु गरेको छ।
पहिलो चरणमा चन्द्रौटा चोक, हाट बजार चन्द्रौटा, शिवपुर चोक, पृथ्वी चोक (खैरेन्द्रपुर), धर्मनगर चोक र रुद्रपुर चोकमा हाईमास्ट लाइट जडान गरिने नगरप्रमुख अजय थापाले जानकारी दिनु भयो ।
थापाका अनुसार आधुनिक प्रविधियुक्त यी प्रकाश व्यवस्थाले ती स्थानहरूलाई रातको समयमा उज्यालो बनाउने जसले ट्राफिक व्यवस्थापन, सुरक्षा र व्यवसायिक क्रियाकलापमा समेत ठुलो सहजता ल्याउने अपेक्षा गरिएको बताउनु भयो ।
उहाँले “शिवराज नगरलाई सुरक्षित, व्यवस्थित र आधुनिक बनाउने प्रतिबद्धता अनुसार यो परियोजना अघि बढाइएकोले हाईमास्ट लाइटले नगरवासीको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

स्थानीय व्यापारी, सर्वसाधारण र ट्राफिक प्रहरीसमेतले यस कार्यको स्वागत गरेका छन्। खरेन्द्रपुरका व्यापारी सुरज खासुका अनुसार, “बजार क्षेत्रमा उज्यालो भएपछि चोरी, ठगीका घटनामा कमी आउने र राती ढिलोसम्म पनि व्यापार सञ्चालन गर्न सहज हुने बताउनु भयो ।
नगरपालिकाले आगामी दिनमा अन्य महत्वपूर्ण स्थानहरूमा पनि यस्ता लाइटहरू विस्तार गर्ने योजना बनाइरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर