पर्यटन प्रर्वद्धन तथा स्वास्थ्य जिवनका लागि साईकल मार्ग घोषणा ।।
साउन २७, कपिलवस्तु ।
कपिलवस्तुको खरेन्द्रपुर पृथ्वी चोकबाट साईकल यात्रा गरि अन्तराष्ट्रिय युवा दिवसको शुभारम्भ गरिएको छ । शिवराज नगरपालिकाको युवा परिषदको आयाेजनामा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारी पर्यटन प्रवद्धन तथा स्वस्थ्यका लागि साईकल मार्ग घोषणा तथा साईकिलिङ्ग कार्यक्रम सम्पन्न गरेको हो ।
शिवराज नगरपालिका वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले साईकल चलाई उद्घाटन गरेको साईकल यात्रा खरेन्द्रपुर, धनगढवा, मदवा, रहटकोल, भलुहि, करहिया, बेलाैति हुँदै पर्यटकिय क्षेत्र उमरी डाडा गई कोण सभा गरि सम्पन्न भएको हो ।
कार्यक्रममा शिवराज नगरपालिकाको धेरै धार्मिक तथा पर्यटकिय क्षेत्रहरू मध्ये उमरी डाडामा पिकनिक स्पट, मानव निर्मित गुफा, थारू संग्राहलय एकै ठाउमा भएकोले यो रूट सवारी साधनहरूको चाप कम हुने र स्वास्थ्य जिवनका लागि साईकल मार्ग उपयुक्त रहेको बक्ताहरूले जाेडदिए ।
कार्यक्रममा भुपु सैनिक संघले साईकल यात्रीहरूलाई पानिको ब्यवस्था गरको थियो । कार्यक्रममा नगर प्रमुख अजय थापा, वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, वडा नं १ का वडा अध्यक्ष खिम विक्रम के.सि, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति बिष्णु प्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट ब्यवसायि संघ कपिलवस्तुका लेखनाथ घर्ति, सिद्धार्थ सामाजिक विकास केन्द्रका अजय चाैधरी, किडार्क नेपालका विनोद केवट, नगर युवा परिषद उपाध्यक्ष राजकसमार चौधरी, वडा प्रहरी कार्यालयका सुजन शाहि, अस्थायि ट्राफिक पाेष्टका निरज गौतम, भुपु सैनिक संघ, युवा क्लव तथा बाल क्लवहरूको सहभागिता रहेको थियो ।














